२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु

३१ श्रावण २०८०, बुधबार ०५:३९

साउन ३१, काठमाडौं | साउदीको प्रो–लिग क्लब अल हिलालले नेयमारलाई सार्वजनिक गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्धन गरेका आफ्ना स्टारलाई बुधबार क्लबले सार्वजनिक गरेको हो। 

ब्राजिलका ३१ वर्षीय फरवार्डलाई भित्र्याउन पीएसजी र अल हिलालबीच ९० मिलियन युरोको सम्झौता भएको बताइएको छ। अल हिलालसँग २ वर्षको सम्झौताबाट नेयमारले त्यस अवधिमा कुल १६ करोड युरोभन्दा बढी कमाइ गर्ने बताइएको छ।


अल–हिलालले सार्वजनिक गरेको भिडियोमा नेयमारले भनेका छन्, ‘म साउदी अरेबियामा छु, म हिलाली हुँ। मैले युरोपमा धेरै हासिल गरेँ र त्यहाँ धेरै विशेष समय बिताएँ। तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्थेँ। नयाँ चुनौती र अवसरहरूमा आफूलाई परीक्षण गर्न म यहाँ आइुपुगेको छ। म खेलको नयाँ इतिहास लेख्न चाहन्छु।’

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। 

पीएसजीमा रहँदा नेयमारले १७३ खेल खेले भने क्लबलाई १३ वटा उपाधि दिलाए। जसमा ५ वटा लिग वान छन्। उनकै प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको थियो।

बार्सिलोनाका पूर्वखेलाडी नेयमारको गत मार्चमा शल्यक्रिया गरिएको थियो। जसकारण उनले बाँकी पूरै सिजन गुमाएका थिए। उनले जुलाईबाट मात्रै प्रशिक्षण सुरु गरेका थिए।

उनले सन् २०२२ को कतार विश्वकपमा ब्राजिलका तर्फबाट २ खेल गुमाएका थिए। खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।

आफ्नो दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि चोटका कारण उनी केही हप्ता मैदानबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने