2026-08-23 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदी क्लब अल हिलालमा आबद्ध भएपछि नेयमारले भने– खेलको नयाँ इतिहास लेख्न चाहन्छु

साउन ३१, काठमाडौं | साउदीको प्रो–लिग क्लब अल हिलालले नेयमारलाई सार्वजनिक गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अनुबन्धन गरेका आफ्ना स्टारलाई बुधबार क्लबले सार्वजनिक गरेको हो। 

ब्राजिलका ३१ वर्षीय फरवार्डलाई भित्र्याउन पीएसजी र अल हिलालबीच ९० मिलियन युरोको सम्झौता भएको बताइएको छ। अल हिलालसँग २ वर्षको सम्झौताबाट नेयमारले त्यस अवधिमा कुल १६ करोड युरोभन्दा बढी कमाइ गर्ने बताइएको छ।

अल–हिलालले सार्वजनिक गरेको भिडियोमा नेयमारले भनेका छन्, ‘म साउदी अरेबियामा छु, म हिलाली हुँ। मैले युरोपमा धेरै हासिल गरेँ र त्यहाँ धेरै विशेष समय बिताएँ। तर म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्थेँ। नयाँ चुनौती र अवसरहरूमा आफूलाई परीक्षण गर्न म यहाँ आइुपुगेको छ। म खेलको नयाँ इतिहास लेख्न चाहन्छु।’

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए। 

पीएसजीमा रहँदा नेयमारले १७३ खेल खेले भने क्लबलाई १३ वटा उपाधि दिलाए। जसमा ५ वटा लिग वान छन्। उनकै प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको थियो।

बार्सिलोनाका पूर्वखेलाडी नेयमारको गत मार्चमा शल्यक्रिया गरिएको थियो। जसकारण उनले बाँकी पूरै सिजन गुमाएका थिए। उनले जुलाईबाट मात्रै प्रशिक्षण सुरु गरेका थिए।

उनले सन् २०२२ को कतार विश्वकपमा ब्राजिलका तर्फबाट २ खेल गुमाएका थिए। खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए।

आफ्नो दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि चोटका कारण उनी केही हप्ता मैदानबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो