५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्टर मियामीलाई लिग्स कपको उपाधि, सातौं खेलमा मेसीको गोल !

३ भाद्र २०८०, आईतवार ०६:०३

भदौ ३, काठमाडौं | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप फुटबलको पहिलो उपाधि जितेको छ ।

आइतबार बिहान टेन्नेसेस्थित गोएडिस पार्कमा भएको  लिग्स कपको फाइनलमा इन्टर मियामीले नासभिल एससीलाई सुटबउटमा १०-९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो । 

खेलको २३औं मिनेटमा कप्तान मेसीले सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।


पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे ।

नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लगातार सात खेलमा १० गोलसहित सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।


यो संगै देश र क्लबका लागि मेस्सीको ४४ औँ उपाधि हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता