२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्टर मियामीलाई लिग्स कपको उपाधि, सातौं खेलमा मेसीको गोल !

२०८०, ३ भाद्र आईतवार ०६:०३

भदौ ३, काठमाडौं | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप फुटबलको पहिलो उपाधि जितेको छ ।

आइतबार बिहान टेन्नेसेस्थित गोएडिस पार्कमा भएको  लिग्स कपको फाइनलमा इन्टर मियामीले नासभिल एससीलाई सुटबउटमा १०-९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेको थियो । 

खेलको २३औं मिनेटमा कप्तान मेसीले सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए । तर ५७औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।


पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे ।

नासऐलका ९ खेलाडीले गोल गर्दा दुई खेलाडीले गोल गर्न सकेनन् ।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए । प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लगातार सात खेलमा १० गोलसहित सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट बने ।


यो संगै देश र क्लबका लागि मेस्सीको ४४ औँ उपाधि हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण