२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेटको अभ्यास खेलको तालिका सार्वजनिक

२०८०, ७ भाद्र बिहीबार ०५:३७

भदौ ७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ । आईसीसीले बुधबार विश्वकपका मुख्य खेलहरूअघि १० अभ्यास खेल खेलिने जनाएको छ ।

अक्टोबर ५ मा विश्वकप सुरु हुनुअघि १० टोलीले ५० ओभरका दुई वार्मअप खेल खेल्नेछन् । खेलहरू भारतका तीन फरक शहरमा हुनेछन्। गुवाहाटी र तिरुवनन्तपुरमसँगै हैदरावादले पनि अभ्यास खेल आयोजना गर्न पाएको छ । लिग चरणका तीन खेल पनि हैदरावादमा हुनेछन् । यस मैदानमा पाकिस्तानले अक्टोबर ६ मा नेदरल्याण्ड र १० अक्टोबरमा श्रीलंकासँग खेल्नेछ । यसैबीच अक्टोबर ९ मा नेदरल्यान्ड्स र न्युजिल्यान्डको टोली आमनेसामने हुनेछन् ।


सेप्टेम्बर २९ र ३० बाहेक अक्टोबर २ र ३ गते अभ्यास खेल हुनेछन् । पहिलो अभ्यास खेलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ । सोही दिन दक्षिण अफ्रिकाले अफगानिस्तान र न्यूजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ । सबै खेल दिउँसो २ बजेबाट हुनेछन् । यस अवधिमा सबै टोलीले १५ जना खेलाडी फिल्डिङ गर्न पाउनेछन्।

अभ्यास खेल तालिका

२९ सेप्टेम्बर बंगलादेश विरुद्ध श्रीलंका गुवाहाटी

२९ सेप्टेम्बर दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तान तिरुवनन्तपुरम

२९ सेप्टेम्बर न्यूजिल्याण्ड विरुद्ध पाकिस्तान हैदरावाद

३० सेप्टेम्बर भारत विरुद्ध इंग्ल्याण्ड गुवाहाटी

३० सेप्टेम्बर अस्ट्रेलिया विरुद्ध नेदरल्याण्ड्स तिरुवनन्तपुरम

२ अक्टोबर इंग्ल्याण्ड विरुद्ध बंगलादेश गुवाहाटी

२ अक्टोबर न्यूजील्याण्ड विरुद्ध दक्षिण अफ्रिका तिरुवनन्तपुरम

३ अक्टोबर अफगानिस्तान विरुद्ध श्रीलंका गुवाहाटी

३ अक्टोबर भारत विरुद्ध नेदरल्याण्ड्स तिरुवनन्तपुरम

३ अक्टोबर पाकिस्तान विरुद्ध अस्ट्रेलिया हैदराबाद

विश्वकपका खेलहरू भारतका १० सहरमा हुनेछन् । हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुणे, बैंगलोर, मुम्बई र कोलकातामा खेल हुनेछन् । उद्घाटन खेल अक्टोबर ५ मा अहमदाबादमा र फाइनल नोभेम्बर १९ मा हुनेछ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । यस प्रतियोगितामा श्रीलंका र नेदरल्याण्ड्स क्वालिफायरबाट पुगेका छन् ।

यस विश्वकपमा सबै टोलीले अन्य नौ टोलीसँग राउण्ड रोबिन फर्म्याटमा खेल्नेछन् । जसमध्ये अंक तालिकाको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् र विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। पछिल्लो पटक इङ्ल्यान्डमा सोही फर्म्याटमा विश्वकप आयोजना भएको थियो । इंग्ल्याण्डले फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस