५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेटको अभ्यास खेलको तालिका सार्वजनिक

७ भाद्र २०८०, बिहीबार ०५:३७

भदौ ७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ । आईसीसीले बुधबार विश्वकपका मुख्य खेलहरूअघि १० अभ्यास खेल खेलिने जनाएको छ ।

अक्टोबर ५ मा विश्वकप सुरु हुनुअघि १० टोलीले ५० ओभरका दुई वार्मअप खेल खेल्नेछन् । खेलहरू भारतका तीन फरक शहरमा हुनेछन्। गुवाहाटी र तिरुवनन्तपुरमसँगै हैदरावादले पनि अभ्यास खेल आयोजना गर्न पाएको छ । लिग चरणका तीन खेल पनि हैदरावादमा हुनेछन् । यस मैदानमा पाकिस्तानले अक्टोबर ६ मा नेदरल्याण्ड र १० अक्टोबरमा श्रीलंकासँग खेल्नेछ । यसैबीच अक्टोबर ९ मा नेदरल्यान्ड्स र न्युजिल्यान्डको टोली आमनेसामने हुनेछन् ।


सेप्टेम्बर २९ र ३० बाहेक अक्टोबर २ र ३ गते अभ्यास खेल हुनेछन् । पहिलो अभ्यास खेलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ । सोही दिन दक्षिण अफ्रिकाले अफगानिस्तान र न्यूजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ । सबै खेल दिउँसो २ बजेबाट हुनेछन् । यस अवधिमा सबै टोलीले १५ जना खेलाडी फिल्डिङ गर्न पाउनेछन्।

अभ्यास खेल तालिका

२९ सेप्टेम्बर बंगलादेश विरुद्ध श्रीलंका गुवाहाटी

२९ सेप्टेम्बर दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तान तिरुवनन्तपुरम

२९ सेप्टेम्बर न्यूजिल्याण्ड विरुद्ध पाकिस्तान हैदरावाद

३० सेप्टेम्बर भारत विरुद्ध इंग्ल्याण्ड गुवाहाटी

३० सेप्टेम्बर अस्ट्रेलिया विरुद्ध नेदरल्याण्ड्स तिरुवनन्तपुरम

२ अक्टोबर इंग्ल्याण्ड विरुद्ध बंगलादेश गुवाहाटी

२ अक्टोबर न्यूजील्याण्ड विरुद्ध दक्षिण अफ्रिका तिरुवनन्तपुरम

३ अक्टोबर अफगानिस्तान विरुद्ध श्रीलंका गुवाहाटी

३ अक्टोबर भारत विरुद्ध नेदरल्याण्ड्स तिरुवनन्तपुरम

३ अक्टोबर पाकिस्तान विरुद्ध अस्ट्रेलिया हैदराबाद

विश्वकपका खेलहरू भारतका १० सहरमा हुनेछन् । हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुणे, बैंगलोर, मुम्बई र कोलकातामा खेल हुनेछन् । उद्घाटन खेल अक्टोबर ५ मा अहमदाबादमा र फाइनल नोभेम्बर १९ मा हुनेछ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । यस प्रतियोगितामा श्रीलंका र नेदरल्याण्ड्स क्वालिफायरबाट पुगेका छन् ।

यस विश्वकपमा सबै टोलीले अन्य नौ टोलीसँग राउण्ड रोबिन फर्म्याटमा खेल्नेछन् । जसमध्ये अंक तालिकाको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् र विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। पछिल्लो पटक इङ्ल्यान्डमा सोही फर्म्याटमा विश्वकप आयोजना भएको थियो । इंग्ल्याण्डले फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता