2026-11-01 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराँचीमा एसिया कपको अभ्यास थाल्यो नेपाली टोलीले

भदौ ७, काठमाडौँ | पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहीबारदेखि कराँचीमा नियमिति अभ्यास थालेको छ । नेपाली टोलीले एसिया कपका लागि केही दिन कराँचीमै रहेर अभ्यास गर्नेछ ।

कराँचीमा रहँदा नेपाली टोलीले स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार, नेपाली टोलीले बिहीबार कराँचीस्थित हनिफ मोहम्मद हाई प्रफरमेन्स सेन्टमा अभ्यास गरेको हो । पाकिस्तान क्रिकेटको फेसबुक पेजमा नेपाली टोलीले अभ्यास गरिरहेको तस्बिरहरु पनि पोष्ट गरिएको छ ।

 स्थानीय टोलीसँग अभ्यास खेल खेलेर नेपाली टोली अगस्त २७ मा एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान प्रस्थान गर्नेछ । एसिया कपमा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्त ३० मा आयोजक पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा खेलिने छ । 

एसिया कपमा नेपाली टोली समूह ‘ए’ मा छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत पनि रहेको छ । नेपालले भारतसँगको खेल भने श्रीलंकाको केन्डीमा खेल्नेछ । उक्त खेल सेप्टेम्बर ४ मा खेलिने छ । त्यसअघि सेप्टेम्बर २ मा श्रीलंकाको केन्डीमै भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । 

एसिया कपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् । 

तर, प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने टोलीका अन्य खेलाडीसँग पाकिस्तान गएका छैनन् । उनी आगामी आइतबार एसिया कप खेल्न पाकिस्तान प्रस्थान गर्ने सम्भावना छ । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द