2026-08-23 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराँचीमा एसिया कपको अभ्यास थाल्यो नेपाली टोलीले

भदौ ७, काठमाडौँ | पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहीबारदेखि कराँचीमा नियमिति अभ्यास थालेको छ । नेपाली टोलीले एसिया कपका लागि केही दिन कराँचीमै रहेर अभ्यास गर्नेछ ।

कराँचीमा रहँदा नेपाली टोलीले स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार, नेपाली टोलीले बिहीबार कराँचीस्थित हनिफ मोहम्मद हाई प्रफरमेन्स सेन्टमा अभ्यास गरेको हो । पाकिस्तान क्रिकेटको फेसबुक पेजमा नेपाली टोलीले अभ्यास गरिरहेको तस्बिरहरु पनि पोष्ट गरिएको छ ।

 स्थानीय टोलीसँग अभ्यास खेल खेलेर नेपाली टोली अगस्त २७ मा एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान प्रस्थान गर्नेछ । एसिया कपमा नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्त ३० मा आयोजक पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा खेलिने छ । 

एसिया कपमा नेपाली टोली समूह ‘ए’ मा छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत पनि रहेको छ । नेपालले भारतसँगको खेल भने श्रीलंकाको केन्डीमा खेल्नेछ । उक्त खेल सेप्टेम्बर ४ मा खेलिने छ । त्यसअघि सेप्टेम्बर २ मा श्रीलंकाको केन्डीमै भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । 

एसिया कपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् । 

तर, प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने टोलीका अन्य खेलाडीसँग पाकिस्तान गएका छैनन् । उनी आगामी आइतबार एसिया कप खेल्न पाकिस्तान प्रस्थान गर्ने सम्भावना छ । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो