२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कराँची पुगेर नेपालका प्रशिक्षक देसाईले भने- भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउँदैछौं

२०८०, ७ भाद्र बिहीबार ११:४८

भदौ ७, काठमाडौँ | एसिया कप २०२३ को अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा छ।

बुधबार कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। नेपालले बिहीबार कराँची पहिलो अभ्यास गरेको छ। अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले एसिया कप खेलेर इतिहास बनाउने बताए।


'हामीले एसिया कपका लागि तीन-चार महिनामा अभ्यास गरेका छौं। यस्तै एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तानको ए टिमसँग खेल्यौं। राम्रो नतिजा नआए पनि हामीलाई राम्रो अनभुव प्राप्त भयो,' उनले भने, 'हाम्रो टिम युवा छ। खेलाडीले राम्रो एटिच्युटसँग खेलेका छन्। हामी यो प्रतियोगिता खेल्न लायक भएर छनोट भएका हौं। टिमले यो अवसरलाई सेलिब्रेट गर्नेछौं। भारत र पाकिस्तानसँग जस्ता ठूला टेस्ट राष्ट्रसँग खेलेर इतिहास बनाउँदैछौं। यो हाम्रो लागि अवसर पनि हो।

कराँचीमा अभ्यास गरेपछि नेपाल घरेलु टिम पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।

एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ ३१) मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस