५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा नेपाल

८ भाद्र २०८०, शुक्रबार ०५:२०

भदौ ८, काठमाडौं | नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ।

प्रतियोगितामा अघिल्ला दुई खेलमा अपराजित नेपाल सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा रहेको छ।

मलेसियाको बायुमास ओभलमा हुने खेल आज बिहान ११:४५ मा सुरु हुने छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएकाे हाे।

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालले मलेसियालाई हराएमा ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्ने छ। नेपाल पराजित भएमा भने नेटरनरेटमा फाइनल पुग्ने टिमको तय हुने छ।

आज बिहान भएको पहिलो खेलमा हङकङले कुवेतलाई पराजित गर्दै ४ अंक बनाएर फाइनल आस कायम राख्यो। यदि मलेसियालाई नेपालले पराजित गरेमा हङकङ र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

हङकङले कुवेतलाई १६ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएको हो। हङकङले दिएको ७५ रनको लक्ष्य पछ्याएको कुवेत ५९ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता