२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा नेपाल

२०८०, ८ भाद्र शुक्रबार ०५:२०

भदौ ८, काठमाडौं | नेपाली राष्ट्रिय महिला टिमले चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ।

प्रतियोगितामा अघिल्ला दुई खेलमा अपराजित नेपाल सतप्रतिशत जितसहित फाइनल पुग्ने लक्ष्यमा रहेको छ।

मलेसियाको बायुमास ओभलमा हुने खेल आज बिहान ११:४५ मा सुरु हुने छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएकाे हाे।

नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालले मलेसियालाई हराएमा ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्ने छ। नेपाल पराजित भएमा भने नेटरनरेटमा फाइनल पुग्ने टिमको तय हुने छ।

आज बिहान भएको पहिलो खेलमा हङकङले कुवेतलाई पराजित गर्दै ४ अंक बनाएर फाइनल आस कायम राख्यो। यदि मलेसियालाई नेपालले पराजित गरेमा हङकङ र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

हङकङले कुवेतलाई १६ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएको हो। हङकङले दिएको ७५ रनको लक्ष्य पछ्याएको कुवेत ५९ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस