५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चेस विश्वकपमा कार्लसेन पहिलोपल्ट च्याम्पियन

८ भाद्र २०८०, शुक्रबार ०८:१७

भदौ ८, काठमाडौँ | शीर्ष वरीयताका नर्वेली ग्रान्डमास्टर (जीएम) म्याग्नस कार्लसेनले फाइनलमा १८ वर्षीय रमेशबाबु प्रागननन्दलाई टाइब्रेकमा पराजित गर्दै अजरबैजानको बाकुमा भएको चेस विश्वकपको उपाधि बिहीबार जितेको छ ।

कार्लसेन ‘फुड पोइजन’ ले समस्यामा पारेपछि फाइनलभन्दा पनि उनको स्वास्थ्यलाई लिएर बढी चर्चा भएको थियो । त्यसैले हुनसक्छ ३२ वर्षीय उनले फाइनलमा सुरुका दुई खेल (क्लासिकल) लाई लम्ब्याउन चाहेनन्, बराबरीमा टुंग्याएर उपाधि होड टाइब्रेकमा लगेका थिए ।


२८३५ रेटेड कार्लसेनले र्यापिड चेसको रुपमा आयोजित टाइब्रेकको पहिलो खेल कालो गोटीबाट खेल्दै जितेर २६९० रेटेड जीएम प्रागलाई दबाबमा राखेका थिए । उनले दोस्रो खेल बराबरीमा टुंग्याउादै २.५–१.५ अंकले प्रागलाई पराजित गर्दै पहिलोपल्ट विश्वकप च्याम्पियन भएका हुन् ।

प्रागलाई उपाधि होडमा कायम रहन दोस्रो खेल जित्नैपर्ने बाध्यता थियो भने कार्लसेनको लागि बराबरी नतिजा नै ट्रफी चुम्न पर्याप्त हुने थियो । शीर्ष तीनमध्येका दुई खेलाडीलाई पराजित गर्दै विश्वकपको फाइनल खेल्ने सबभन्दा कान्छो खेलाडी भएका प्रागले कार्लसेनलाई टाइब्रेकमा खासै चुनौती दिन सकेनन् । त्यसैले कार्लसेन सन् २००० देखि सुरु भएको चेस विश्वकपको १२ औं संस्करणमा आएर पहिलोपल्ट च्याम्पियन भए ।

पाँचपल्टको विश्व च्याम्पियनसिप विजेता कार्लसेनले विश्वकप जितेसागै क्लासिकल चेसका मुख्य सबै उपाधि कब्जा गरेका छन् । प्रत्येक दुई वर्षमा हुने वश्वकपमा ११ औं संस्करणको तेस्रो स्थानमा पुग्नु नै यसअघि कार्लसेनको सबभन्दा राम्रो नतिजा थियो । उनले उपाधिसागै १ लाख १० हजार अमेरिकी डलर हात पारे भने प्रागले ८० हजार डलर प्राप्त गरे । अमेरिकी फावियनो करुअनाले अजरबैजानका निजात अबासोभलाई टाइब्रेकरमा ३–१ ले हराएर तेस्रो स्थान हासिल गरे । करुअनाले ६० हजार र अबासोभले ५० हजार डलर प्राप्त गरे ।

१० वर्ष १० महिना १९ दिनको छँदै इन्टरनेसनल चेस मास्टरको उपाधि हासिल गर्ने सबभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका प्रागको लागि उपविजेता हुनु पनि ठूलै उपलब्धि हो । उनी फाइनल पुगेसँगै अर्को वर्ष हुने क्यान्डिडेट्स प्रतियोगिता २०२४ को लागि छनोट भएका छन् ।

क्यानडामा हुने क्यान्डिडेट्समा उत्कृष्ट आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसको विजेताले विश्व चेस च्याम्पियनसिप उपाधिको लागि विश्वविजेता चीनका डिङ लिरेनविरुद्ध अर्को वर्ष प्रतिस्पर्धा गर्नेछ । पाँचपल्टको च्याम्पियन कार्लसेनले उपाधि त्यागेपछि गत वर्ष रुसका इयान नेपोनियत्चीलाई हराएर लिरेन नयाँ विश्व च्याम्पियन भएका थिए ।

यसैपाली नेपाली खेलाडीले कुल १८ लाख ३४ हजार डलर पुरस्कारको चेस विश्वकपमा डेब्यु गर्ने अवसर पायो । राष्ट्रिय चेस च्याम्पियनसिपको विजेता रुपेश जयसवालले चेस ओलम्पियाड २०२२ को प्रदर्शनको आधारमा विश्वकपमा सहभागी हुने अवसर पाएका थिए । उनको चुनौती पहिलो चरणमै अजरबैजानका जीएम गेदिर गुसेनोभले समाप्त पारिदिए । २१२२ रेटेड फिडे मास्टर रुपेशले क्लासिकलको पहिलो खेल हारे पनि २६६१ रेटेड जीएमविरुद्धको दोस्रो खेल बराबरीमा टुंग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता