2026-08-23 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चेस विश्वकपमा कार्लसेन पहिलोपल्ट च्याम्पियन

भदौ ८, काठमाडौँ | शीर्ष वरीयताका नर्वेली ग्रान्डमास्टर (जीएम) म्याग्नस कार्लसेनले फाइनलमा १८ वर्षीय रमेशबाबु प्रागननन्दलाई टाइब्रेकमा पराजित गर्दै अजरबैजानको बाकुमा भएको चेस विश्वकपको उपाधि बिहीबार जितेको छ ।

कार्लसेन ‘फुड पोइजन’ ले समस्यामा पारेपछि फाइनलभन्दा पनि उनको स्वास्थ्यलाई लिएर बढी चर्चा भएको थियो । त्यसैले हुनसक्छ ३२ वर्षीय उनले फाइनलमा सुरुका दुई खेल (क्लासिकल) लाई लम्ब्याउन चाहेनन्, बराबरीमा टुंग्याएर उपाधि होड टाइब्रेकमा लगेका थिए ।

२८३५ रेटेड कार्लसेनले र्यापिड चेसको रुपमा आयोजित टाइब्रेकको पहिलो खेल कालो गोटीबाट खेल्दै जितेर २६९० रेटेड जीएम प्रागलाई दबाबमा राखेका थिए । उनले दोस्रो खेल बराबरीमा टुंग्याउादै २.५–१.५ अंकले प्रागलाई पराजित गर्दै पहिलोपल्ट विश्वकप च्याम्पियन भएका हुन् ।

प्रागलाई उपाधि होडमा कायम रहन दोस्रो खेल जित्नैपर्ने बाध्यता थियो भने कार्लसेनको लागि बराबरी नतिजा नै ट्रफी चुम्न पर्याप्त हुने थियो । शीर्ष तीनमध्येका दुई खेलाडीलाई पराजित गर्दै विश्वकपको फाइनल खेल्ने सबभन्दा कान्छो खेलाडी भएका प्रागले कार्लसेनलाई टाइब्रेकमा खासै चुनौती दिन सकेनन् । त्यसैले कार्लसेन सन् २००० देखि सुरु भएको चेस विश्वकपको १२ औं संस्करणमा आएर पहिलोपल्ट च्याम्पियन भए ।

पाँचपल्टको विश्व च्याम्पियनसिप विजेता कार्लसेनले विश्वकप जितेसागै क्लासिकल चेसका मुख्य सबै उपाधि कब्जा गरेका छन् । प्रत्येक दुई वर्षमा हुने वश्वकपमा ११ औं संस्करणको तेस्रो स्थानमा पुग्नु नै यसअघि कार्लसेनको सबभन्दा राम्रो नतिजा थियो । उनले उपाधिसागै १ लाख १० हजार अमेरिकी डलर हात पारे भने प्रागले ८० हजार डलर प्राप्त गरे । अमेरिकी फावियनो करुअनाले अजरबैजानका निजात अबासोभलाई टाइब्रेकरमा ३–१ ले हराएर तेस्रो स्थान हासिल गरे । करुअनाले ६० हजार र अबासोभले ५० हजार डलर प्राप्त गरे ।

१० वर्ष १० महिना १९ दिनको छँदै इन्टरनेसनल चेस मास्टरको उपाधि हासिल गर्ने सबभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका प्रागको लागि उपविजेता हुनु पनि ठूलै उपलब्धि हो । उनी फाइनल पुगेसँगै अर्को वर्ष हुने क्यान्डिडेट्स प्रतियोगिता २०२४ को लागि छनोट भएका छन् ।

क्यानडामा हुने क्यान्डिडेट्समा उत्कृष्ट आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसको विजेताले विश्व चेस च्याम्पियनसिप उपाधिको लागि विश्वविजेता चीनका डिङ लिरेनविरुद्ध अर्को वर्ष प्रतिस्पर्धा गर्नेछ । पाँचपल्टको च्याम्पियन कार्लसेनले उपाधि त्यागेपछि गत वर्ष रुसका इयान नेपोनियत्चीलाई हराएर लिरेन नयाँ विश्व च्याम्पियन भएका थिए ।

यसैपाली नेपाली खेलाडीले कुल १८ लाख ३४ हजार डलर पुरस्कारको चेस विश्वकपमा डेब्यु गर्ने अवसर पायो । राष्ट्रिय चेस च्याम्पियनसिपको विजेता रुपेश जयसवालले चेस ओलम्पियाड २०२२ को प्रदर्शनको आधारमा विश्वकपमा सहभागी हुने अवसर पाएका थिए । उनको चुनौती पहिलो चरणमै अजरबैजानका जीएम गेदिर गुसेनोभले समाप्त पारिदिए । २१२२ रेटेड फिडे मास्टर रुपेशले क्लासिकलको पहिलो खेल हारे पनि २६६१ रेटेड जीएमविरुद्धको दोस्रो खेल बराबरीमा टुंग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो