५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले मलेसियालाई दियाे ८४ रनकाे सामान्य लक्ष्य

८ भाद्र २०८०, शुक्रबार ०८:२५

भदौ ८, काठमाडौँ | चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।

आईसीसी महिला टी–२० विश्व कपको एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृङ्खला खेलिरहेका छन् । नेपालले शृङ्खलाको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । आज घरेलु टोलीलाई हराउन सकेमा नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।

शीर्ष दुई टोलीबीच फाइनल खेल भोलि शनिवार हुनेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।

त्यसपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले एसिया क्षेत्र छनोटका खेल मलेसियामा नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता