२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपलाई बिदाई गर्दै राखेप सदस्य सचिवले भने- एसिया कपमा देशको भरोसा सन्दीप माथि छ

२०८०, ११ भाद्र सोमबार ०६:०६

भदौ ११, काठमाडौँ | राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसिया कप खेल्न पाकिस्तान जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना दिएका छन् । उनी सन्दीपलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी गएसँगै नेपाली टिमले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे ।

‘नेपालको इतिहासमा यो धेरै महत्त्वपूर्ण प्रतियोगिता हो । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएको थिएन । अब उसको यात्रा निश्चित भएको छ,’ उनले भने, ‘एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ । सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको इन्ट्रीले नेपाली टीमले पूर्णता पाएको छ ।’

पाकिस्तान र भारतसँगको खेलमा नेपाली टिमले सुखद परिणाम ल्याउने उनले आशा व्यक्त गरे ।

सन्दीपले पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको बताए । आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने पनि उनले प्रष्ट पारेका थिए ।

‘टिमले राम्रो पर्फमेन्स गरिरहेको छ । म यहाँ आफैँले एक्लै पनि प्राक्टिस गरिरहेको थिएँ । खेल्नका लागि रेडी छु र फिट पनि छु । एसिया कपमा राम्रो गर्ने आशा छ,’ उनले भने ।

सन्दीपले थपे, ‘लाइफमा टफ टाइम भइरहेको छ, तर आफैँले सबै म्यानेज गर्नुपर्ने हुन्छ । जाने बित्तिकै टिमसँग घुलमिल हुन मलाई समय लाग्दैन । सबै जना राम्रो फर्ममा हुनुहुन्छ । म पनि निरन्तर प्रयास गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण