५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपलाई बिदाई गर्दै राखेप सदस्य सचिवले भने- एसिया कपमा देशको भरोसा सन्दीप माथि छ

११ भाद्र २०८०, सोमबार ०६:०६

भदौ ११, काठमाडौँ | राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसिया कप खेल्न पाकिस्तान जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना दिएका छन् । उनी सन्दीपलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी गएसँगै नेपाली टिमले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे ।

‘नेपालको इतिहासमा यो धेरै महत्त्वपूर्ण प्रतियोगिता हो । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएको थिएन । अब उसको यात्रा निश्चित भएको छ,’ उनले भने, ‘एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ । सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको इन्ट्रीले नेपाली टीमले पूर्णता पाएको छ ।’

पाकिस्तान र भारतसँगको खेलमा नेपाली टिमले सुखद परिणाम ल्याउने उनले आशा व्यक्त गरे ।

सन्दीपले पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको बताए । आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने पनि उनले प्रष्ट पारेका थिए ।

‘टिमले राम्रो पर्फमेन्स गरिरहेको छ । म यहाँ आफैँले एक्लै पनि प्राक्टिस गरिरहेको थिएँ । खेल्नका लागि रेडी छु र फिट पनि छु । एसिया कपमा राम्रो गर्ने आशा छ,’ उनले भने ।

सन्दीपले थपे, ‘लाइफमा टफ टाइम भइरहेको छ, तर आफैँले सबै म्यानेज गर्नुपर्ने हुन्छ । जाने बित्तिकै टिमसँग घुलमिल हुन मलाई समय लाग्दैन । सबै जना राम्रो फर्ममा हुनुहुन्छ । म पनि निरन्तर प्रयास गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता