2026-08-23 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुनिल नारिन बने क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी

भदौ ११, काठमाडौँ | वेस्ट इन्डिजका सुनिल नारिन अन्तर्राष्ट्रिय क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । हाल वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले पहिलो पटक क्रिकेटमा रातो कार्डको परम्परा सुरु गरेको हो ।

सोही अनुरुप ‘ट्रिनबागो नाइट राइडर्स’ विश्व क्रिकेटमा रातो कार्ड पाउने पहिलो टोली बन्यो । ट्रिनबागो नाइट राइडर्स सुनिल नारिनको टोली हो । त्यसैले सुनिल नारिनले पनि रातो कार्ड पाए । सीपीएलको आइतबार भएको खेलमा ‘स्लो ओभर रेट’ का कारण ट्रिनबागो नाइट राइडर्स र सुनिल नारिनलाई कारबाही गरिएको हो । 

सेन्ट किट्स एन्ड नेभिस प्याट्राइट्सविरुद्घको खेलमा रातो कार्ड पाएपछि ट्रिनबागो नाइट राइडर्स अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । क्यारेबियन प्रिमियर लिगको पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिने भएको छ । खेलका क्रममा गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइएको छ । 

क्रिकेटमा यो नियमलाई प्रयोगका रूपमा सुरु गरिएको हो । क्यारेबियन प्रिमियर लिगमा खासगरी बढ्दो ‘स्लो ओभर रेट’ समस्याका कारणले यो नियम लागू गरिएको हो । अहिलेसम्म विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्थ्यो । तीनपटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम अहिले छ । 

यति हुँदा पनि अहिले विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन ।  ‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टीट्वान्टी क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको क्यारेबियन प्रिमियर लिगका सञ्चालन निर्देशक माइकल हललेब बताए । 

जारी सीपीएलमा रातो कार्ड सम्बन्धी नियमअनुसार, १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एकजना खेलाडीलाई फिल्डिङ सर्कलको भित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् ।  यसैगरी १९ औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुईजना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।

तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एकजना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ ।  

अर्थात, ब्याटिङ गरिरहेको टोलीको कप्तानले छानेको एकजना खेलाडी (फिल्डिङ गरिरहेको टोलीको) लाई मैदानबाट बाहिरी पठाइने छ । त्यसपछि फिल्डिङ गरिरहेको टोली १० खेलाडीमा समेटिने छ । यसका अतिरिक्त उक्त टोलीका ६ जना फिल्डिर पनि ३० यार्डको घेराभित्र रहने छन् ।

फिल्डिङ गर्ने टोलीका कारण मात्र सधैं टीट्वान्टी प्रतियोगिताको सहय लम्बिने होइन । कतिपय अवस्थामा ब्याटिङ गर्ने टोलीको बदमासीका कारण पनि प्रतियोगिताको समयावधि लम्बिन पुग्छ । यस्तो स्थितिमा ब्याटिङ गर्ने टोलीका खेलाडीले पनि सजाय पाउने छन् । 

त्यसैले ब्याटिङ गर्ने टोलीको बदमासी देखिएमा अम्पायरले सबैभन्दा पहिले उक्त टोलीका कप्तानलाई चेतावनी दिनेछन् । त्यसपछि पनि ब्याटिङ गर्ने टोलीको बदमासी कायमै रहे अम्पायरले जरिवाना स्वरूप पाँच रन घटाउने छन् । क्यारेबियन प्रिमियर लिग टीट्वान्टी प्रतियोगिताको आगामी सिजन अगस्ट १७ तारिखबाट सुरु हुँदैछ । टीट्वान्टी प्रतियोगितामा प्रत्येक पाली ८५ मिनेटको हुनेछ । १७औँ ओभरको खेल ७२ मिनेट १५ सेकेन्डमा सकिनु पर्छ । 

यसैगरी १८औँ ओभरको खेल ७६ मिनेट ३० सेकेन्डभित्र सकिनु पर्छ । १९औँ ओभरको खेल ८० मिनेट ४५ सेकेन्डभित्र सकिनु पर्छ । २०औँ तथा अन्तिम ओभरको खेल भने ८५ मिनेटभित्र सकिनु पर्ने नियम रहेको छ । क्यारेबियन प्रिमियर लिग अगस्ट ३१ तारिखमा सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो