२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपमा नेपालबाट गुल्सन झा जम्न सक्ने आईसीसीकाे दाबी

२०८०, १२ भाद्र मंगलवार १०:३२

भदौ १२, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन गरेको छ ।

प्रतियोगितामा जम्न सक्ने ६ देशका ६ खेलाडीको सूचीमा आईसीसीले नेपालबाट गुल्सनलाई समावेश गरेको छ । बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुमयी प्रदर्शन गर्दै आएका छन् ।

आईसीसीले पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसानालाई एसिया कपमा जम्न सक्ने खेलाडीको सूचीमा समावेश गरेको छ ।


गुल्सन आईसीसीको एक दिवसीय अलराउन्डरको विश्व वरियतामा १०५औं स्थानमा छन् । उनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ४५२ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३४.७६ रहेको छ ।

गुल्सनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस