२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

२०८०, १४ भाद्र बिहीबार ०३:०३

भदौ १४, काठमाडौँ | एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई २ सय ३८ रनले पराजित गरेको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन जोडे । 

नेपालले सुरुमै आफ्नो तीन विकट गुमाएको थियो । पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आठ रन बनाउँदै आउट भएका हुन् । तेस्रो नम्बरका ब्याट्सम्यान कप्तान रोहित पौडेल भने दोस्रो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्किए । भने तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख पेभेलियन फर्किए । चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भएका थिए । उनले ३८ बलमा पाँच चौका हिर्काए । आरिफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका थिए । उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भएका थिए । त्यस्तै नेपालको छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी तीन रन बनाउँदै आउट भएका थिए । नेपालले सातौं विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । उनी १३ रन बनाउँदै आउट भएका हुन् । आठौं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । उनी शून्य रनमै पेभेलियन फर्किएका थिए र नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भएका थिए । उनले एक छक्का पनि हिर्काए । नेपालले अन्तिम विकेटका रुपमा ललित राजवंशी गुमायो । 

पाकिस्तानका लागि बलर साहिन शाह अफ्रिदीले २, सदाब खान ३, ह्यारिस रउफले २, मोहम्मद नवाजले र नसिम शाहले १-१ विकेट लिएका हुन् |

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५१ रन बनाए भने इफ्तिकार अहमदले अविजिति एक सय ९ रन बनाए । त्यसैगरी, मोहम्मद रिजवानले ४४, फखर जमानले १४ तथा आगा सलमान र इमाम उल हकले समान ५ रन जोडे भने सदाब खानले ४ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस