२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाबुराम भट्टराईले दिए नेपाली क्रिकेट टिमलाई तीन सुझाव

२०८०, १४ भाद्र बिहीबार ०८:४२

भदौ १४, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् ।

बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझाव दिँदा अन्यथा नलिन समेत उनले आग्रह गरेका छन् ।

“पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने । अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ । दोस्रो, फिल्डिङमा अझै चुस्तता बढाउने । बलिङ ठिकै छ,” भट्टराईको सुझाव छ, “तेस्रो, बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुर्कंदै जान्छ भन्ने बुझेर धैर्य गर्ने ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले नेपाली टिमलाई बाच्छा र पाकिस्तान र भारतलाई साँढेसँग तुलना गरेका छन् ।

“बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो । एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ । अझै अर्को साँढे भारतसँग जुझ्न र सिक्न बाँकी छ,” उनले लेखेका छन् । 

एसिया कप–२०२३ अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले नेपालसामु ३४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले सबै विकेट गुमाएर मात्र १०५ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस