५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालविरुद्धको खेलमा पाकिस्तानी कप्तान बाबर एक्लैका ५ रेकर्ड

१४ भाद्र २०८०, बिहीबार ०८:५४

भदौ १४, काठमाडौँ | एसिया कपको सुरुवाती खेलमा बुधबार पाकिस्तान र नेपालीबीच प्रतिस्पर्धा भयो। ३४३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १०४ रनमै समेटियो। यो एसिया कपकै इतहासमा दोस्रो ठूलो जित हो। पाकिस्तानका प्रभावशाली कप्तान बाबर आजम एक्लैले ५ रेकर्ड बनाए।


सबैभन्दा चाँडो १९ एकदिवसीय शतक प्रहार

२८ वर्षीय आजमले आफ्नो एकदिवसीय करियमा १९औं शतक हाने। यसका लागि उनले १०२ पारी लिए। जुन सबैभन्दा चाँडो हो। उनले अफ्रिकाका हाशिम अमलाको नाममा रहेको रेकर्ड तोडे। अमलालले १०४ पारीमा १९ एकदिवसीय शतक लगाएका छन्। भारतका विराट कोहलीले १२४ पारीमा १९ शतक पूरा गरेका छन्। 

कप्तानीसँगै ठूलो स्कोर

आजमले नेपालविरुद्ध १३१ बलमा १५१ रनको पारी खेले। उनी एसिया कपमा १५० रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्। उनले कप्तानका रुपमा ठूलो स्कोर बनाउने विराट कोहलीको रेकर्ड तोडेका हुन्। कोहलीलले सन् २०१४ मा बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए।

एसिया कपमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी खेलाडी

बाबरले एसिया कपमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी खेलाडीको रेकर्ड आफ्नो नाममा पारेका छन्। यसअघि पाकिस्तानका युनिस खानको नाममा यो रेकर्ड थियो। उनले हङहङविरुद्ध २००४ मा १४४ रन बनाएका थिए। बाबारले १५१ रन बनाएर उक्त रेकर्ड तोडिदिए।

घरेलु मैदानमा धेरै रन

बाबरले पाकिस्तानको मुल्तान स्टेडियममा १५१ रन बनाए। यो एसिया कपमा आफ्नै घरेलु मैदानमा सवैभन्दा ठूलो स्कोर हो। बाबरले श्रीलंकाका अर्जुन राणातुंगाको रेकर्ड तोडेका हुन्। राणातुंगाले सन्न १९९७ मा कोलम्बोमा भारतविरुद्ध १३१ रन बनाएका थिए ।

धेरै १५० भन्दा बढी रन बनाउने खेलाडी

बाबर आजमको एकदिवसीयमा सबैभन्दा बेस्ट स्कोर १५८ रन हो। नेपालविरुद्ध उनले १५१ रन बनाएका छन्। उनको एकदिवसीय करियरमा दोस्रो १५० भन्दा माथिको स्कोर हो। यी दुवै स्कोर उनले कप्तानी गर्ने क्रममा बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता