2026-07-27 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालविरुद्धको खेलमा पाकिस्तानी कप्तान बाबर एक्लैका ५ रेकर्ड

भदौ १४, काठमाडौँ | एसिया कपको सुरुवाती खेलमा बुधबार पाकिस्तान र नेपालीबीच प्रतिस्पर्धा भयो। ३४३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १०४ रनमै समेटियो। यो एसिया कपकै इतहासमा दोस्रो ठूलो जित हो। पाकिस्तानका प्रभावशाली कप्तान बाबर आजम एक्लैले ५ रेकर्ड बनाए।

सबैभन्दा चाँडो १९ एकदिवसीय शतक प्रहार

२८ वर्षीय आजमले आफ्नो एकदिवसीय करियमा १९औं शतक हाने। यसका लागि उनले १०२ पारी लिए। जुन सबैभन्दा चाँडो हो। उनले अफ्रिकाका हाशिम अमलाको नाममा रहेको रेकर्ड तोडे। अमलालले १०४ पारीमा १९ एकदिवसीय शतक लगाएका छन्। भारतका विराट कोहलीले १२४ पारीमा १९ शतक पूरा गरेका छन्। 

कप्तानीसँगै ठूलो स्कोर

आजमले नेपालविरुद्ध १३१ बलमा १५१ रनको पारी खेले। उनी एसिया कपमा १५० रन बनाउने पहिलो खेलाडी समेत बनेका छन्। उनले कप्तानका रुपमा ठूलो स्कोर बनाउने विराट कोहलीको रेकर्ड तोडेका हुन्। कोहलीलले सन् २०१४ मा बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए।

एसिया कपमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी खेलाडी

बाबरले एसिया कपमा सबैभन्दा धेरै रन बनाउने पाकिस्तानी खेलाडीको रेकर्ड आफ्नो नाममा पारेका छन्। यसअघि पाकिस्तानका युनिस खानको नाममा यो रेकर्ड थियो। उनले हङहङविरुद्ध २००४ मा १४४ रन बनाएका थिए। बाबारले १५१ रन बनाएर उक्त रेकर्ड तोडिदिए।

घरेलु मैदानमा धेरै रन

बाबरले पाकिस्तानको मुल्तान स्टेडियममा १५१ रन बनाए। यो एसिया कपमा आफ्नै घरेलु मैदानमा सवैभन्दा ठूलो स्कोर हो। बाबरले श्रीलंकाका अर्जुन राणातुंगाको रेकर्ड तोडेका हुन्। राणातुंगाले सन्न १९९७ मा कोलम्बोमा भारतविरुद्ध १३१ रन बनाएका थिए ।

धेरै १५० भन्दा बढी रन बनाउने खेलाडी

बाबर आजमको एकदिवसीयमा सबैभन्दा बेस्ट स्कोर १५८ रन हो। नेपालविरुद्ध उनले १५१ रन बनाएका छन्। उनको एकदिवसीय करियरमा दोस्रो १५० भन्दा माथिको स्कोर हो। यी दुवै स्कोर उनले कप्तानी गर्ने क्रममा बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ