२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसी आबद्ध भएपछि पहिलोपटक बराबरीमा रोकियो मियामी

२०८०, १४ भाद्र बिहीबार ०९:३३

भदौ १४, काठमाडौँ | अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएयता लियोनल मेस्सीले जित यात्रा रोकिएको छ। एमएलएसको बिहीबार बिहान भएको खेलमा इन्टर मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेल्यो।

यसअघि मेस्सी भित्रिएयता मियामीले सबै ९ खेल जितेको थियो। उनले ती खेलमा ११ गोल गरेका थिए। गत जुलाईमा मियामीले मेस्सीलाई फ्रान्सको पेरिस सेन्ट जर्मन(पीएसजी)बाट भित्र्याएको हो।


खेलभर मेस्सीले ७ वटा गतिला प्रहार गरेपनि गोलमा परिणत हुन सकेनन्। एमएलएसको इस्टर्न कन्फेरेन्स र वेस्टर्न कन्फेरेन्स गरि दुईवटा लिग हुन्छन्। १५ टोली रहेको इस्टर्न कन्फेरेन्सबाट शीर्ष ७ टोली एमएलएस कपमा सोझै छनोट हुन्छन्।

यस्तै आठौँ र नवौँ स्थानमा रहने टोलीले प्ले अफ खेल्न पाउछन्। एमएलएस कपमा वेस्टर्न कन्फेरेन्सबाट पनि शीर्ष ७ टोली सोझै छनोट हुन्छन्। इस्टर्न कन्फेरेन्समा मियामी १५ टोलीमध्ये १४ औँ स्थानमा रहेको छ।

गत महिना मात्र नासभिललाई फाइनलमा हराएर मियामीले पहिलो उपाधिका रुपमा लिग्स कप जितेको थियो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवै मेस्सी भएका थिए। मेस्सीले मियामीमा एक खेल पनि हारेका छैनन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस