२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी महिला टी–ट्वान्टी: बहराइनविरुद्ध नेपालको १० विकेटको शानदार जित

२०८०, १५ भाद्र शुक्रबार ०७:२९

भदौ १५, काठमाडौँ | आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो शानदार जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गरेको हो ।

नेपालका लागि ओपनर कविता कुँवरले अविजित १४ बलको सामना गरी तीन चौकाको मद्दतमा १७ रन  र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइलागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् । आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके ४ रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी १ रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् । 

बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए । बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले ३ विकेट, खुसी डंगोलले २ विकेट, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे ।  अब नेपालले आइतबार भुटानको सामना गर्नेछ । यस प्रतियोगितामा ११ राष्ट्रहरुको सहभागिता रहेको छ । समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् | भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न