भदौ १६, काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको हो ।
भारतका लागि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले ।
यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए |
कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन बनाएका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन बनाएका थिए ।