२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसियन कप क्रिकेट: वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य

२०८०, १७ भाद्र आईतवार ०३:१२

भदौ १७, काठमाडौँ । एसियन कप क्रिकेटमा वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य भएका छन् । पानी परेपछि दोस्रो पारीमा एक बल पनि नफाली खेल सकिएको हो । 

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूह ए मा पाकिस्तान दुई खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने भारत १ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल अङ्कविहीन रहेको छ । अब समूहको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्ने छ ।

श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको थियो  ।

भारतका लागि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेलेका थिए  । 

यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिएका थिए  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस