आइसीसी महिला टि–ट्वान्टी: भुटानले दियो नेपाललाई ४० रनको लक्ष्य

Posted on: 03 Sep, 2023

भदौ १७, काठमाडौँ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन भने  अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि पूजा महतोले ३ विकेट तथा कविता कुँवर, खुशी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १-१ विकेट लिए । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!