2026-09-21 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतसँग पराजित भएपछि नेपालका कप्तान रोहितले के भने ?

भदौ १९, काठमाडौँ । एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा पराजय भोगेपनि नेपाली टिमले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो । वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो। 

कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने ‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु । विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे । मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं । मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ ।’ 

भारतविरुद्ध आफूहरुको बलिङ योजना सुनाउँदै उनले अघि भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो । पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’

उनले अब चीनमा हुने एसियाली खेलकुदको तयारीमा लाग्ने बताएका छन् । एसियाली खेलकुदमा आगामी असोज पहिलो साता सुरु हुँदैछ भने प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो