2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपका लागि रोहितको कप्तानीमा भारतको टिम घोषणा

भदौ १९, काठमाडौँ | आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।

टिममा केएल राहुल पुनरागमन गरेका छन्। राहुलले यस वर्ष मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। भारतका पहिलो रोजाइका विकेटकिपर राहुल सेप्टेम्बर ४ मा बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा फिटनेस परीक्षण पास गरेपछि एसिया कपको सुपर फोर चरणको लागि श्रीलंका जाने तयारीमा छन्।

इशान किशनले राहुलसँगै टिमका दोस्रो विकेटकिपर ब्याट्सम्यानको रूपमा आफ्नो स्थान कायम राखेका छन्। किशनले सेप्टेम्बर २ मा पल्लेकेलेमा पाकिस्तानविरुद्ध भारतको वर्षाले प्रभावित एसिया कपको उद्घाटन खेलमा ८२ रन बनाएर आफ्नो उपयोगितालाई सिद्ध गरेका थिए। 

अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिले सूर्यकुमार यादवलाई पनि  टिम छनोट गरेको छ।  

विश्वकपमा जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको नेतृत्व गर्दैछन् जसमा मोहम्मद सिराज, मोहम्मद शामी र शार्दुल ठाकुर छन्। अक्षर पटेल, रविन्द्र जडेजा र हार्दिक पाण्ड्या अलराउन्डरको रूपमा रहदा कुलदीप यादव स्पिनर रुपमा भारतीय टिममा छन्। भारतीय टिममा अफ स्पिनरको अभाव छ ।

भारतले अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको आफ्नो अभियानको सुरुवात गर्नेछ। 

भारतको विश्वकप टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद सिराज, मोहम्मद शामी, शार्दुल ठाकुर, जसप्रित बुमराह।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो