2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

भदौ २१, काठमाडौं | पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् । 

‘सुपर फोर’ चरणको उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानका लागि बाबर आजमले केवल १७ रन बनाएका थिए । तर, कोहलीको कीर्तिमान तोड्न बाबर आजमलाई केवल ६ रनमात्र चाहिएको थियो ।

बंगलादेशविरुद्घको खेलमा ६ रन बनाएपछि बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रुपमा सबैभन्दा कम खेल खेलेर दुई हजार रन पुरा गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय पाकिस्तानी कप्तानले ३१ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । कोहलीले भने कप्तानका रुपमा ३६ खेल खेल्दै दुई हजार रन बनाएका थिए । 

बाबर आजम अहिले आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानमा रहेका खेलाडी हुन् । उनी टी—२० ब्याटिङ वरीयताको तेस्रो र टेस्ट वरीयताको चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो