2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै विश्वकपको एसियाली छनोट चरणबाटै बाहिरियो नेपाल

भदौ २२, काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।

थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक  १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् ।

त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियाे ।

सुरूमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्धशतक मद्दतमा सय रन कटाएको थियो । नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्द तमा अविजित ५९ रन बनाइन् ।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्थमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।

चान्थमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो