2026-09-21 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेलेलाई उछिन्दै नेमार बने ब्राजिलको सर्वाधिक गोलकर्ता

भदौ २४, काठमाडौँ | सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान बोलिभियालाई ५–१ ले हराउँदा नेमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । 

बोलिभियासँगको खेलसँगै नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् । पेलेले सन् १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । अब नेमारले पेलेलाई पछि पारेका छन् । सन् २०१० देखि टोलीमा रहेका नेमारले एक सय २५औँ खेल खेल्दै ७९ गोल पूरा गरेका हुन् ।

५६ असिस्ट नेमारको नाममा छ । पेलेको ८२ वर्षको उमेरमा गत डिसेम्बरमा देहवसान भएको थियो । नेमार र पेलेपछि ब्राजिलका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडीमा रोनाल्डो पर्छन् । रोनाल्डोले सन् १९९४ देखि २०११ सम्म खेल्दा ९८ खेलमा ६२ गोल गरेका छन् । 

रोनाल्डोपछि चौथो स्थानमा रोमारियो छन् । सन् १९८७ देखि सन् २००५ सम्म रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् । पाँचौँ नम्बरमा जिको छन् । सन् १९७६ देखि १९५७ सम्म जिकोले ७१ खेल खेल्दै ४८ गोल गरेका हुन् । 

ब्राजिलले बोलिभियालाई हरायो 

ब्राजिलले विश्वकप छनोटको पहिलो खेलमा बोलिभियालाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको छ । खेलमा नेमारले दुई गोल गरे । यसअघि नेमारले खेलको १७औँ मिनेटमा पेनाल्टी चुकाउँदा ह्याट्रिकबाट टाढा रहन पुगेका हुन् । नेमारको प्रहार गोलकिपर विली विस्काराले बचाएका थिए । यसै सिजन साउदी प्रो क्लब अल हिलाल पुगेका नेमारले ६१औँ र ९० मिनेटपछिको इन्जुरी समयमा गोल गरेका हुन् ।

यसअघि युवा खेलाडी रोड्रिगोले २४औँ र ५३औँ मिनेटमा गोल गरेका हुन् । एक गोल राफिन्हाको नाममा रह्यो । बोलिभियाका लागि एक मात्रै गोल भिक्टर अब्रोगोले ७८औँ मिनेटमा गरेका थिए । अघिल्लो दिन मात्रै अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै तीन अंक जोडेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो