2026-09-21 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जापानसँग फराकिलो अन्तरको हार पछि जर्मनीका प्रशिक्षक फ्लिक दबाबमा

एजेन्सी | चार पटक विश्वकप विजेता रहिसकेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिद्वन्द्वी जापानसँग लज्जास्पद हार ब्यहोरेको छ । जापानले आइतबार सम्पन्न खेलमा जर्मनीलाई ४-१ गोलको फराकिलो अन्तरले हराएको हो । जापानसँग नमिठो हार भोगेपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक पनि दबाबमा परेका छन् ।

जापानले खेलको दुबै हाफमा दुई-दुई गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै जुनया इतोले जापानका लागि पहिलो गोल गरेका थिए । १९औँ मिनेटमा जर्मनीका लेरोय सानेले जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएका थिए । खेलको प्रारम्भदेखि नै जापानले जर्मनीलाई दबाबमा राखेको थियो । २२औँ मिनेटमा जापानका लागि आयसे युएदाले दोस्रा गोल थपेका थिए । 

यसैगरी खेलको अन्तिम समयमा जापानले थप दुई गोल गरेको थियो । खेलको ९०औँ मिनेटमा ताकुमा एसानोले जापानका लागि तेस्रो गोल गरेका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा एओ तानाकाले जापानका लागि चौथो तथा अन्तिम गोल गरेका थिए । उक्त खेल जर्मनीको उल्फ्सवर्गमा खेलिएको थियो । 

पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीले निकै फितलो प्रदर्शन गर्दै आएको छ । जर्मनीले पछिल्ला पाँच खेलमा भोगेको यो चौथो हार हो । सन् २०२० पछि जर्मनीले भोगेको यो सबैभन्दा ठूलोअन्तरको हार पनि हो । सन् २०२० मा खेलिएको नेसन्स लिगमा स्पेनले जर्मनीलाई ६-० गोलले हराएको थियो । 

सन् २०२१ को अगस्तमा जर्मनीको प्रशिक्षक बनेयता फ्लिकले खासै गतिलो नतिजा दिन सकेका छैनन् । उनको प्रशिक्षकत्वमा खेलेका २५ मध्ये १२ खेलमा मात्र जर्मनी विजयी भएको छ । बार्यन म्युनिखका पूर्वप्रशिक्षक फ्लिक जोचिम लोयको स्थानमा जर्मनीको प्रशिक्षक बनेका थिए । 

सन् २०२२ को कतार विश्वकपमा पनि जर्मनीलाई जापानले हराएको थियो । त्यतिबेला जापानले जर्मनीलाई २-१ गोलले पराजित गरेको थियो । ‘वास्तबमै यो निराशाजनक नतिजा हो । विश्व फुटबलमा यस्तो हुन्छ । हेरौं अब के गर्ने सकिन्छ,’ खेलपछि प्रशिक्षक फ्लिकले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो