2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्यानमारविरुद्ध खेल्ने नेपाली फुटबल टिममा को को ?

भदौ २५, काठमाडौँ | म्यानमारविरुद्ध हुने दोस्रो मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबलको टिमका सदस्यको नाम सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो खेलमा खेलाएको टोलीलाई नै निरन्तरता दिएका छन् । नेपाली टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन् भने रोहित चन्द, अनन्त तामाङ र शनिस श्रेष्ठ डिफेन्समा छन् ।

मिडफिल्डमा लकेन लिम्बु र आभास लामिछाने छन् । फरवार्डमा आयुष घलान, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट छन् ।

नेपाल र म्यानमारबीचको खेल यांगुनस्थित थुवुना रंगशालामा नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पिफा विश्वकप छनोटको प्रारम्भिक चरणको खेल खेल्ने तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले विश्वकपको प्रारम्भिक छनोटमा लाओससँग अक्टोबर १२ र १७ र होम एण्ड अवेको आधारमा दुई खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो