2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतलाई पाकिस्तानबिरुद्ध हालसम्मकै ठूलो जित: पाकिस्तान एशिया कपमा २२८ रनले पराजित

भदौ २५, काठमाडौँ । एसिया कप अन्तर्गत खेलमा भारतले पाकिस्तानबिरुद्ध हालसम्मकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ । भारतीय टिमले एक दिवसीय एशिया कपको सुपर-४ प्रतिष्पर्धामा पाकिस्तानलाई २२८ रनले पराजित गरेको हो । 

यस अघि १४० रनको रेकर्ड रहेको थियो । जुन भारतले २००८ मा पाकिस्तानबिरुद्ध मीरपुर मैदानमा बनाएको थियो । कोलंबोको आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरको खेलमा दुई विकेट मात्रको क्षेतीमा २५६ रन जोडेको थियो । जवाफमा पाकिस्तानले ३२ ओभरमा १२८/८ रन मात्र बनाउन सक्यो । पाकिस्तानी टीमका दुई ब्याट्सम्यानघाइते भएका कारण खेलमा ब्याटिङ गर्न आएनन् ।

भारत बिरुद्ध फराकिलो हारसंगै पाकिस्तानको लागि आफ्नो एकदिवसिय इतिहासमा यो दोश्रो ठूलो हार हो । पाकिस्तानले यसअघि श्रीलंका बिरुद्धको खेलमा २००९ माकराचीको मैदानमा २३४ रनले पराजित हुनुपरेको थियो ।

भारतले दिएको ३५७ रनको ठूलो लक्ष्य पाकिस्तानको लागि सुरुवातदेखिनै कठीन बन्दै गयो । पाकिस्तानी टीमले ५ औं ओभरमै पहिलो विकेट गुमाउन पुग्यो । त्यस्तै अर्का भरपर्दा ब्याट्सम्यान बाबर आजम र फखर जमान पनि शुरुआती ओभरदेखिनै समस्यामा देखिए ।

पाकिस्तानका लागि बाबर आजम १०  रन मात्र बनाएर ११ औं ओभरको चौथो बलमा हार्दिक पाण्डे मार्फत बोल्ड आउट भए । त्यस्तै १२ औं ओभरको खेलमा मोहम्मद रिजवान २ रन मात्र बनाएर आउट भए । 

पाकिस्तानका फखर जमानले २७ रन जोडेर २० औं ओभरमा कुलदीप यादव मार्फत बोल्ड भए । पाकिस्तानको पाँचौं विकेट २४ औं ओभरमा गुम्यो । जुन विकेटमा आगा सलमान २३ रन मात्र बनाएर आउट भए । त्यस्तै ६ रन बनाएका शादाब खान २८ औं ओभरमा आउट भए । उनलाईपनि कुलदीपले सार्दुल ठाकुर मार्फत क्याच आउट गराएका थिए । 

त्यस्तै २३ रन बनाएका इफ्तिखार अहमद ३० औं ओभरमा आउट भए । उनलाई पनि कुलदिपले नै आउट गरे । त्यसपछि आएका खेलाडी बाँकी दुई ओभर मात्र टिक्दा भारतले कुलदिप मार्फतनै व्यक्तिगत ५ औं विकेट लिंदा पाकिस्तान अल आउट हुन पुग्यो । पाकिस्तानका दुई ब्याट्सम्यान घाइते भएका कारण ब्याटिङ गर्न आएनन् । 

यस अघि आइतबार सुरुभएको भारत र पाकिस्तानको खेल भारतले खेल्दै गर्दा पानि परेपछि रोकिएको थियो । सोहि खेल आज भएको हो । खेलमा भारतका कप्तान रोहित शर्माले ४९ बलमा ५६ रन, शुभमन गिलले ५२ बलमा ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै नट आउट रही केएल राहुलले १०६ बल खेलेर १११ रन बनाउँदा विराट कोहलीले ९४ बलमा १२२ रनको स्कोर खडा गरेका थिए । यसरी खेलमा भारतले पाकिस्तान बिरुद्ध ३५६ रन बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो