2026-09-21 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय उद्यमी तथा पिपुल्स ग्रुपका संस्थापक अनुपम मित्तल ललित राजवंशीलाई सहयोग गर्न तयार

भदौ २६, काठमाडौँ | भारतीय उद्यमी तथा भारतका चर्चित वेबसाइटहरु विवाहका लागि वर वधु खोज्ने प्लेटफर्म शादी डटकम, घर खरिदबिक्री गर्ने प्लेटफर्म मकान डटकम लगायत संचालन गर्ने कम्पनी पिपुल ग्रुपका संस्थापक तथा सीइओ अनुपम मित्तल नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार भएका छन् ।

केही दिनअघि नेपालले पाकिस्तान र भारतसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिसकेपछि नेपाली क्रिकेटर ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय म्याच खेल्नको लागि उपयुक्त ब्याट समेत नभएको गुनासो गरेका थिए ।

राजवंशीले भनेका थिए –‘मसँग म्याच खेल्नलाई ब्याट छैन । नेटमा अभ्यास गर्नलाई जसोतसो काम चल्छ तर म्याचको बेला टिममेटको ब्याटले खेल्नु पर्छ । धेरै जसो कुशल भुर्तेलको ब्याट प्रयोग गर्ने गरेको छु ।’

उनको यो समस्यालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एसिया क्षेत्रको ट्वीटर ह्याण्डलबाट एक पोस्ट गर्दै उनको लागि सहयोग अपिल गरिएको थियो ।

आइसीसीको अपिलको जवाफमा अनुपम मित्तलले आफू राजवंशीलाई सहयोग गर्न तयार रहेको र आफूलाई ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् ।

यसको जवाफमा आइसीसीले पनि ललित राजवंशीलाई उनको सहयोग गर्ने चाहनाबारे जानकारी गराइएको र ललित आफैंले उनलाई सम्पर्क गर्ने भन्दै जवाफ दिएको छ ।

अब ललितले उनीसँग सम्पर्क गरेपछि उनले के कस्तो सहयोग गर्ने हुन् त्यो भने आउँदो दिनमा थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो