2026-08-23 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकालाई हराउदै एक खेल अगावै भारत पुग्यो एसिया कपको फाइनलमा

भदौ २७, काठमाडौं | श्रीलंकालाई हराउदै भारत एक खेल अगावै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने हो।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ रनमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेका थिए | भारतलाई अलआउट गर्दा ५ विकेट लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै  धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

भारतका लागि बलर कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले २-२ समान विकेट लिए ।

लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३  रन बनाएको थियो । उनले ४८ बल खेल्दै  ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।

केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए भने थिलले १९ रन जोडे ।

श्रीलंकाका लागि बलर दुनिथ वेलालेजले ५ विकेट तथा चरिथ असलंकाले ४ विकेट र महेश थिक्सनाले १ विकेट लिए ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो