2026-09-21 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट: भारतमाथि बंगलादेशको जित

भदौ ३०, काठमाडौँ | एसिया कप क्रिकेटमा भारतमाथि बंगलादेशले सानदार जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हरायो।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भयो।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीलाई आउट गरेर जित हासिल गराएका हुन् | खेलमा भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १ सय २१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

कप्तान रोहित शर्मा शून्य तथा तिलक बर्मा र केएल राहुल ५-५ रनमा आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो। शार्दूल ठाकुर ११ रन र अक्षर पटेल ४२ रन आउट भएका थिए | 

बलिङमा बंगलादेशका मुस्ताफिजुरले ३ विकेट, तान्जिम र मेहदी हसनले २-२ विकेट लिए |

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन जोड्यो। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए। 

बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे। 

भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्। कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो