2026-07-27 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप फाइनल : उपाधिका लागि भारत र श्रीलंका भिड्दै, पानीले खेल बिथोले के हुन्छ ?

भदौ ३१, काठमाडौँ | एसिया कप क्रिकेटको फाइनल भिडन्त आज भारत र श्रीलंकाबीच हुँदैछ । तर, वर्षातको भविष्यवाणी गरिएको हुँदा आजै नतिजा आउँछ भन्ने निश्चित छैन ।

आयोजक राष्ट्र पाकिस्तान भए पनि एसिया कपका धेरै खेलहरू श्रीलंकामा भइरहेका छन् । र, अधिकांश खेलमा वर्षाले दु:ख दिएको छ । आज पनि पानी पर्ने यथेष्ट सम्भावना रहेको प्रक्षेपण मौसम पूर्वानुमान गर्ने निकायहरूले गरेका छन् । यदि वर्षाको अवरोधले आज नतिजा नआएको खण्डमा भोलि ‘रिजर्भ डे’ राखिएको छ । तर, मौसमी प्रक्षेपणअनुसार भोलि पनि पानी पर्ने सम्भावनालाई नकार्न सकिन्न ।

यदि आज एउटा टिमले ब्याटिङ गरेर दोस्रो टिमले पनि कम्तिमा २० ओभर ब्याटिङ गर्न भ्यायो भने डीएल मेथडको आधारमा विजेता घोषित गरिने छ । तर, दोस्रो इनिङमा २० ओभरको खेल हुन नसकेको खण्डमा आज जुन स्थितिमा खेल रोकिएको छ, त्यही स्थितिबाट भोलि खेल सुचारु हुन्छ । र, भोलि दोस्रो इनिङको कम्तिमा २० ओभरको खेल सम्भव भएमा डीएल मेथडबाट नतिजा घोषणा हुन्छ ।

यदि आज र भोलि दुवै दिनको खेल वर्षाले बिथोलेर नतिजा निकाल्न सकिएन भने भारत र श्रीलंका दुवै टीमलाई संयुक्त विजेता घोषणा गने छ । मौसम पूर्वानुमानका अनुसार आज कोलम्बोस्थित आर प्रेमदासा रंगशाला क्षेत्रमा पानी पर्ने सम्भावना ९० प्रतिशतसम्म छ । यसलाई टुक्र्याएर विश्लेषण गर्दा वर्षातको सम्भावना बिहान साढे ९ बजे–५० प्रतिशत, मध्यान्न १२ः३० बजे–५० प्रतिशत, दिउँसो ३ः३० बजे–६० प्रतिशत, राति ९ः३० बजे ६० प्रतिशत रहेको छ । साथै, बेलुकी हावाहुरीको सम्भावना पनि रहेको जनाइएको छ । एसिया कपको सुपर ४ का सबै खेलहरू वर्षात्ले प्रभावित बनेका थिए ।

यसअघि सन् २००२ को एसिया कप फाइनल वर्षाले बिथोलेको थियो । रिजर्भ डेमा पनि पानी परेर नतिजा आउन नसकेपछि त्यसबेला पनि भारत र श्रीलंका संयुक्त विजेता बनेका थिए ।

कसको पल्ला भारी ?

पछिल्लो समय श्रीलंकाको क्रिकेट स्तर अलिकति खस्किएको थियो । कुमार सांगाकारा र महेला जयवर्दनाको पुस्ताले सन्न्यास लिएपश्चात् टीममा अनुभवी ब्याट्सम्यानहरूको खडेरी पर्‍यो । युवा ब्याट्सम्यानहरूले टीमलाई अघि बढाइरहेका छन् ।

यसपालि विश्वकपमा स्थान बनाउन समेत श्रीलंकाले छनोट प्रतियोगिताको सहारा लिनुपरेको थियो । यद्यपि, श्रीलंकाले अघिल्लो एसिया कप जितेर आफ्नो युवा टीमको सम्भावनालाई उजागर गर्न सफल भयो । यो एसिया कपमा उपाधि रक्षा गर्दै श्रीलंका आगामी एकदिवसीय विश्वकपअघि आफ्नो आत्मविश्वास बुलन्द बनाउन चाहन्छ । यदि श्रीलंका फाइनलमा विजयी भए सबैभन्दा धेरै पटक एसिया कपको उपाधि जित्ने भारतको रेकर्डसँग बराबर गर्ने छ ।

अर्कोतर्फ भारत क्रिकेटको महाशक्ति हो र जुनसुकै प्रतियोगितामा पनि भारतलाई उपाधि दाबेदारको रूपमा लिने गरिएको छ । तर, भारतले आईसीसी र एसीसीले गराउने कुनै पनि प्रतियोगिता नजितेको ५ वर्ष भइसक्यो । यसअघि भारतले जितेको अन्तिम उपाधि भनेको एसिया कप नै हो । सन् २०१८ को संस्करणमा भारत विजेता बनेको थियो ।

एसिया कपको सबैभन्दा बढी उपाधि भारतकै पोल्टामा छन् । भारतले योभन्दा अघि ७ पटक एसिया कपको उपाधि जितिसकेको छ । तर, यति बेला उपाधिको खडेरीमा रहेको भारत एसिया कपबाटै यसलाई तोड्न र आगामी विश्वकपका निम्ति आफ्नो दाबेदारी थप मजबुत बनाउन चाहन्छ ।

आज खेल हुन गइरहेको प्रेमदाशा रंगशालाको पिचले स्पिनर बलरहरूलाई सहयोग गर्ने अनुमान गरिएको छ । यसअघि सुपर ४ को प्रतिस्पर्धामा श्रीलंकाका स्पिनरले भारतीय ब्याट्सम्यानलाई आच्छुआच्छु पारेका थिए । श्रीलंकाका पार्ट टाइम स्पिनरले नै भारतको ४ विकेट लिएका थिए । फाइनलमा पनि श्रीलंकाले भारतविरुद्ध बढीभन्दा बढी स्पिनर नै प्रयोग गर्ने छ ।

तर, फाइनअगाडि श्रीलंकालाई ठूलो धक्का लाग्यो । स्पिनर महिस थिकसाना चोटका कारण फाइनल खेल्न नसक्ने भएका छन् । उनी जुनसुकै बेला विकेट लिनसक्ने क्षमता भएका खेलाडी थिए । उनलाई सम्भवतः लेगस्पिनर दुसान हेमन्थले प्रतिस्थापन गर्ने छन् ।

त्यसो त भारतले पनि आफ्ना स्पिन अलराउन्डर अक्षर पटेललाई चोटका कारण गुमाएको छ । उनको स्थानमा तिलक बर्माले टिममा स्थान बनाउन सक्छन् । यद्यपि, त्यसका लागि इन फर्म ब्याट्सम्यान इसान किसनलाई बाहिर राख्नुपर्ने हुन्छ ।

भारतको फास्ट र स्पिन दुवै पक्ष बलियो छ । फास्ट बलर जसप्रित बुमराह टिमका सबैभन्दा धारिला बलर हुन् । भारतसँग कुलदीप यादव र रविन्द्र जडेजाजस्ता वर्ल्ड क्लास स्पिनर छन् ।

श्रीलंकासँग पनि स्पिनरको कमी छैन । यसअघि भारतविरुद्धको म्याचमा दुनिथ वेलालागेले सनसनी प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । उनको स्पिन भारतीय ब्याट्सम्यानले झेल्न सकेका थिएनन् । बलियो भन्ने गरिएको भारतीय बलिङ ट्र्याकमा धर्मराउने गरेको छ । यसअघिका खेलहरूमा जस्तै फाइनलमा पनि पिचले बलरलाई सहयोग गर्‍यो भने भारतलाई सोचे जति सहज नहुन सक्छ ।

भारतीय ब्याटिङमा एक से एक स्टार ब्याट्सम्यान छन् । तर, सबैभन्दा बढी विराट कोहलीमा निर्भर छ भारत । सुपर ४ को अन्तिम खेलमा बंगलादेशविरुद्ध भारतले कोहलीलाई बेञ्चमा राखेको थियो र म्याच हारेको थियो । फाइनलमा भने भारतले पूरा शक्ति लगाउने छ ।

श्रीलंकाको ब्याटिङ भारतको जस्तो स्टारहरूले भरिएको छैन । यद्यपि, टिममा केही प्रतिभाशाली ब्याट्सम्यान छन् । शक्तिशाली टिमहरुलाई पाखा लगाउन सक्ने शक्ति श्रीलंकासँग छ ।

भारतलाई पराजित गर्दै उपाधि रक्षा गरेको खण्डमा श्रीलंकाले क्रिकेट महाशक्तिहरुको सूचीमा आफूलाई पुनर्स्थापित गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ