2026-08-23 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप फाइनल : भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने, यस्तो छ दुवैको प्लेइङ-११

भदौ ३१, काठमाडौँ | १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेटको फाइलन खेलमा भारतविरुद्ध श्रीलंकले टस जितेर ब्याटिङ रोजेको छ । भारत–श्रीलंकाबीचको खेल ३ः१५ देखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ । 

श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ । उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।  

भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ । भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो । उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्‍यो ।  

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो । श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो ।  

ऊ आज भारतविरुद्ध सुपर फोरमा बेहोरेको हारको बदला लिँदै एसिया कप च्याम्पियन बन्न चाहन्छ । हालसम्म श्रीलंकाले ६ पटक उपाधि जितेको छ । ऊ आज विजेता बन्दै सर्वाधिक उपाधि जित्ने भारतको कीर्तिमान बराबर पनि गर्ने सोचमा छ । 

हेड टु हेड 

एसिया कपमा भारत र श्रीलंकाबीचको हेड टु हेड नतिजा हेर्दा दुवै बराबरीको अवस्थामा छन् । अहिलेसम्म यी दुई टिमले एसिया कपमा २२ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारत–श्रीलंकाले ११/११ खेल जितेका छन् ।  

समग्र ओडिआई हेड टु हेडको कुरा गर्दा भने भारत अगाडि देखिन्छ । हालसम्म यी दुई टिमले १६६ ओडिआई खेलमा एकअर्काको प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । 

११ खेल नतिजाविहीन हुँदा यी दुई टिमबीचको एक खेल भने टाइ भएको छ । 

भारतको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, जसप्रित बुमराह,  मोहम्मद सिराज र कुलदीप यादव । 

श्रीलंकाको प्लेइङ–११ : कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समरविक्रमा, चरिथ असालान्का, धनन्जया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालागे, कसुन रजिथा, दुशन हेमन्थ र माथीशा पाथिराना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो