2026-08-23 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप फाइनलमा मोहम्मद सिराजको सनसनी- तीन ओभरमै लिए पाँच विकेट

भदौ ३१, काठमाडौँ | एसिया कपको फाइनलमा श्रीलंकाविरुद्ध भारतीय बलर मोहम्मद सिराजले सनसनी मच्चाएका छन् । उनले आफ्नो व्यक्तिगत तीन ओभरमा पाँच विकेट लिँदै श्रीलंकालाई धराशायी बनाए ।

टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिएका थिए । त्यसपछि सिराज शो सुरु भयो । उनले आफ्नो पहिलो ओभर मेडन राखे । चौंथो ओभरमा उनले चार विकेट लिए ।

चौंथो ओभरको पहिलो बलमा सिराजले पथुम निसान्कालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले छोडिदिए । तेस्रो बलमा उनी एलबीडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।

सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डी सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।

तेस्रो ओभरमा फेरि सिराजले एक विकेट थपे । उनले तेस्रो ओभरको चौंथो बलमा दसुन सनाकालाई बोल्ड गरे ।

सिराजको घातक बलिङमा श्रीलंका धराशायी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दुनिथ वाल्लालागे खेलिरहेका छन् । श्रीलंका ६ विकेट गुमाएर १८ रनको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो