2026-08-23 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यान निर्वाचन- अध्यक्षमा चतुरसँग भिड्दै बर्दियाका विनय राजभण्डारी

 असोज ५, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

क्यानका वर्तमान अध्यक्ष चन्द फेरि सो पदमा दोहोरिन चाहन्छन् । उनले पहिल्यैदेखि आफू अध्यक्षमा फेरि लड्ने बताउँदै आएका छन् । राजभण्डारीले भने भर्खरै मात्र उम्मेदवारी घोषणा गरेका हुन् । जितको लक्ष्य सहित उम्मेदवारी दिन लागेको उनको दावी छ ।

राजभण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी २० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध छन् । बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।मोन्टी देसाई विगतमा नेपालको ब्याटिङ कन्सल्ट्यान्ट भएर आउँदा उनको म्यानेजरका रुपमा पनि काम गरेको अनुभव पनि राजभण्डारीसँग छ ।

अध्यक्षका रुपमा चन्दले ४ वर्षको कार्यकाल खेर फालेकाले क्यानलाई नयाँ नेतृत्व चाहिएको राजभण्डारीको भनाइ छ ।‘उहाँ अध्यक्षको रुपमा नेपाली क्रिकेटको नेतृत्व गर्न असफल हुनुभयो । अहिले खेलाडी र प्रशिक्षकको मिहिनेतका कारण प्राप्त भएको सफलताको जस लिन खोजिरहनुभएको छ,’ उनले भने ।

सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कारसमेत दिलाउन नसक्ने चन्दबाट थप केही आशा गर्न नसकिने राजभण्डारीको भनाइ छ । चन्दको कार्यकालमा क्रिकेट पूर्वधारमा शून्य प्रगति भएको, खेलाडीको हक–हितमा क्यानले कुनै काम गर्न नसकेको, नेपाल क्रिकेट लिग विवादित बनेको र खेलाडीहरुले पारिश्रमिक समेत नपपाएको जस्ता आरोप उनले लगाए ।

चन्द विरुद्ध आफूभन्दा सिनियर कसैले उम्मेदवारी दिनसक्ने ठानेर अहिलेसम्म मौन बसेको उनी बताउँछन् ।‘क्यानको केन्द्रीय पदाधिकारी भइसकेकाहरुले उहाँविरुद्ध उम्मेदवारी घोषणा गर्लान् भन्ने लागेको थियो । तर, कसैले पनि त्यो हिम्मत जुटाउन सकेनन् । त्यसैले अन्तिम समयमा मैले उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने ।

आफूसँग कुनै प्यानल नभए पनि धेरै प्रतिनिधिहरुको समर्थन रहेको उनले बताए । ‘मैले उम्मेदवारी दिने घोषणा गरेपछि धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । विभिन्न कारणले बाहिर नखुले पनि मलाई राम्रो मत आउनेमा आशावादी छु,’ राजभण्डारले भने ।

तपाईं जित्नकै लागि उठ्नुभएको हो कि चन्दलाई निर्विरोध हुन नदिने मात्रै उद्देश्य हो भन्ने प्रश्नमा राजभण्डारीले भने, ‘चुनावमा जित्नै भनेर उठिन्छ । यदि मलाई कठिन छ भने उहाँलाई पनि सजिलो चाहीँ छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो