By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    22 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एसियन गेम्स खेल्न सन्दीप निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > खेलकुद > एसियन गेम्स खेल्न सन्दीप निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस
खेलकुद

एसियन गेम्स खेल्न सन्दीप निरुत्साहित, क्यान अध्यक्षले भेटेर दिए ढाडस

साझासवाल
Last updated: September 25, 2023 8:24 am
साझासवाल
5 Min Read
Share

असोज ८, काठमाडौँ | अदालतले मुद्दाको किनारा लगाउन ढिलाइ गर्दा सन्दीप लामिछानेको क्रिकेट करिअर गम्भीर रूपमा प्रभावित बन्न थालेको छ । 

जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् । मुद्दाको तनावले गर्दा सन्दीपको प्रदर्शनमै असर पर्न थालेको देखिन्छ । 

क्यान अध्यक्षले भेटेर दिए ढाडस, पारसले आज भेट्ने

नेपाली क्रिकेट टीम एसियन्स गेम्स खेल्न अस्ति चीनतर्फ प्रस्थान गर्‍यो । तर, सन्दीप नेपालमै छन् । नेपाली टीम चीन जाने भोलिपल्ट अर्थात् हिजो उनको पेसी थियो । तर, कुनै पनि न्यायाधीशले उनको मुद्दाको गोला नतानेको भन्दै सुनवाइ स्थगित भएको छ । मुद्दा स्थगत भएपछि क्यानले आज उनलाई चीन पठाउने तयारी गरेको थियो । टिकट पनि काटिएको थियो । तर, सन्दीप आज नजाने भएका छन् । हिजो उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग भेटेर आफू खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।

‘अहिलेकै मनस्थितिमा मैले मैदानमा राम्रो प्रदर्शन गर्न सक्दिनँ,’ सन्दीपले भने, ‘मेरो करिअर र निजी जीवन नै अस्तव्यस्त भएको छ ।’

स्रोतका अनुसार चन्दसँगको भेटवार्तामा सन्दीप निकै विक्षिप्त देखिन्थे । अध्यक्ष चन्दले उनलाई हौसला दिने प्रयास गरे । जसरी पनि चीन जान आग्रह गरे ।

‘तिमीसँग क्रिकेट खेल्न धेरै समय बाँकी छ । अहिले नै यसरी हिम्मत नहार,’ चन्दको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

सन्दीपले आज दिनभरि आफूले सोच्ने बताएका छन् ।

‘दिनभरिमा अलिकति फ्रेस फिल गरेमा भोलि जान्छु,’ उनले चन्दसँग भनेका छन् ।

चन्द भर्खरै भएको नेपाल क्रिकेट संघको अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यस अधिवेशनबाट क्यानमा पूर्वकप्तान पारस खड्काको समेत इन्ट्री भएको छ । उनले सन्दीपको केसलाई थप सुझबुझका साथ ह्यान्डल गर्ने अपेक्षा क्रिकेट समर्थकले राखेका छन् ।

पारसले हिजो आफैं सन्दीपलाई फोन गरेका थिए । उनले पनि एसियन्स गेम्सका सहभागी हुन सन्दीपलाई आग्रह गरे । उनीहरूबीच आज भेटेर विस्तृत कुराकानी गर्ने सल्लाह भएको छ । सन्दीप चीन जाने सवालमा पारससँग उनको छलफल निर्णायक हुन सक्छ ।

पारिश्रमिक नपाउँदा थप पीडा

राष्ट्रिय क्रिकेट टीमबाट प्रतिनिधत्व गर्ने खेलाडीहरूलाई नेपाल क्रिकेट संघले तीन वटा क्याटेगोरीमा राखेर मासिक पारिश्रमिक दिने गर्छ । ए वर्गमा ५ जना, बीमा ३ र सी वर्गमा १० जना खेलाडी छन् । पहिलो वर्गकाले मासिक ६० हजार, दोस्रोले ५० हजार र तेस्रोले ४० हजार रूपैयाँ पाउँछन् ।

तर, सन्दीप भने तीनवटै वर्गमा छैनन् । त्यसैले लामो समयदेखि पारिश्रमिकविहीन छन् । उनी क्यानले खेलाडीहरूसँग गर्ने सेन्ट्रल कन्ट्राक्टमा नपरेकाले पारिश्रमिकबाट वञ्चित रहेका हुन् ।

सन्दीपमाथि फौजदारी मुद्दा परेर पक्राउ पूर्जी जारी भएपछि गत भदौ २३ गते क्यानले उनलाई टीमबाट निलम्बन गरेको थियो । असोज २० गते सन्दीप त्रिभुवन विमानस्थलबाट पक्राउ परे । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । जिल्ला अदालतको आदेश उल्टाउँदै पुनरावेदन अदालत पाटनले सन्दीपलाई रिहा गर्‍यो । सन्दीप पुस २९ गते थुनामुक्त भएका थिए ।

पोखरामा बसेको क्यानको कार्यसमिति वैठकले माघ १७ गते सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गर्‍यो । तर, त्यसकै भोलिपल्ट गरिएको खेलाडीको वर्गीकरणमा भने उनलाई समावेश गरिएन ।

अदालतमा विचाराधीन मुद्दा र त्यसले उत्पन्न परिस्थितिका कारण सन्दीप सेन्ट्रल कन्ट्राक्टमा नसमेटिएका हुन् । थुनामुक्त भए पनि उनलाई क्रिकेट खेल्न दिनु नहुने आवाज केही व्यक्ति र समूहले उठाएका थिए । महिलावादी अभियन्ताले सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सन्दीपलाई टीममा नराख्न तीव्र दबाब दिएका थिए ।

तर, क्यानले बोल्ड डिसिजन लिँदै सन्दीपलाई टीममा कमब्याक गराएको थियो । तर, सन्दीपलाई टीममा राखे पनि उनलाई सेन्ट्रल कन्ट्र्याक्टमा भने समेटिएन । क्यानले गरेको वर्गीकरण जनवरीदेखि जूनसम्मका लागि थियो । ६ महिनामा यसको रिभ्यू हुने भनिएको थियो । जूनमा रिभ्यू गरेर सन्दीपलाई समेट्ने क्यानका अधिकारीले तयारी गरेका थिए । तर, त्यो हुन सकेन । अब सन्दीपले डिसेम्बरसम्मको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरूमा भाग लिएरै राम्रो आयआर्जन गरिरहेका थिए । उनले सबैजसो देशका टी-२० लिग खेलिसकेका छन् । तर, अदालतमा मुद्दा परेपछि उनको अन्तर्राष्ट्रिय करिअर पनि डामाडोल बनेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यी हुन् चीनसँग नेपालका १३ समझदारी
Next Article सल्यानमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

खेलकुदडोल्पा - DLP

‘भ्याली कप’ चौथो संस्करण सूरु, भ्याली क्लबले बुलेट क्लबलाइ ११–० ले पराजित

57 years ago
खेलकुद

क्यानडाको दोस्रो विकेट गुम्यो, सोमपालले लिए विकेट

57 years ago
काठमाडौँ - KTMखेलकुद

आईसीसी विश्व क्रिकेट लिगमा नेपाललाई तेस्रो सफलता

57 years ago
काठमाडौँ - KTMखेलकुद

पन्जाब किङ्सलाई हराउदै लखनउले छैटौं जित निकाल्न सफल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?