२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको निर्णायक गोलमा अल–नासरको सानदार जित

२०८०, १३ आश्विन शनिबार ०३:१७

असोज १३, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा सानदार जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो ।

खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै अल–नासरलाई जित दिलाए ।


यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् । त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् ।

लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ । ८ खेलपछि टोलीको १८ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलालभन्दा अल–नासर मात्र २ अङ्कले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ