2026-11-01 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा मालदिभ्ससामु २१३ रनको लक्ष्य प्रस्तुत, कसको कति रन ?

असोज १४ काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२रन जोड्यो ।

खेलमा नेपालको स्कोरको लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले १ छक्का र ५ चौकाको मद्धतले ३५ रन जोडे । त्यस्तै अर्का ओपनर आसिफ सेखले १ चौका मात्र प्रहार गरेर ६ रनमै आउट भए । आसिफको विकेट गुमेसंगै आएका बिनोद भण्डारीले १ चौका प्रहार गरि १५ बल खर्चिएर १३ रन बनाए । 

त्यस्तै सन्दिप जोराले पनि दोहोरो अंकको रन बनाउन सकेनन् । उनले ९ बल खर्चिएर ५ रन मात्र बनाउन सके । गुलसन झाले पारी सम्हाल्दै नेपालको लागि ३ छक्का र १ चौका सहित २१ बल खर्चिएर ३५ रन बनाएपछि नेपालको स्कोर केहि सुधारियो । संगै नेपालका कप्तान रोहित कुमार पौडेलले ३ छक्का र ३ चौकाको सहयोगमा अर्धसतकीय पारी खेले । उनि २७ बल खर्चिएर ५२ रन जोडी रन जोडेर आउट भए । पौडेलसंगै उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्लले नटआउट रही २० बलमै २ छक्का र ३ चौका प्रहार गर्दै ४७ रन बनाए । कप्तान पौडेल आउट भएपछि मैदानमा आएका दिपेन्द्र सिङ एरीले भने २ बल मात्र खेल्न सके । २ बलको सामना गर्दा पहिलो बलमा छक्का प्रहार गरेपनि दोश्रो बलमा उनि क्याच आउटको सिकार बन्न पुगे । 

७ औं विकेट गिरेपछि मैदान आएका सोमपाल कामीले पहिलो बल मात्र सामना गरे । उनले १ रन मात्र बनाएर नटआउट रहे । 

यो संगै नेपालले माल्दिभ्स सामु २१२ रन बनाएर २१३ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द