2026-09-21 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपको रेकर्ड तोड्दै अविनाश बने एकै खेलमा सर्वाधिक विकेट लिने नेपालका टी-२० बलर

असोज १४, काठमाडौँ |  नेपालका अविनाश बोहरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर बनेका छन् ।

जारी एसियाली खेलकुदअन्तर्गत आइतबार मालदिभ्सविरुद्ध ६ विकेट लिएर उनले सन्दीप लामिछानेको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन् । सन्दीपले यसअघि ५ विकेट लिएका थिए ।

मालदिभ्सविरुद्ध बोहराले ३.४ ओभरमा ११ रन खर्चिएका थिए । सन्दीपले यसअघि सन् २०२२ को अगस्टमा केन्याविरुद्ध चार ओभर बलिङ गर्दै ९ रन खर्चिएर ५ विकेट लिएका थिए ।

सोही वर्षको मार्चमा करन केसीले पपुआ न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चिएर ५ विकेट हात पारेका थिए । पछि सन्दीपले इकोनोमीका आधारमा करनलाई पछाडि पारेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम्तीमा ५ विकेट लिने यी तीनजनामात्र नेपाली बलर हुन् । अन्यले बढीमा ४ विकेटसम्म लिएका छन् । बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ खेल खेल्दै ४८ विकेट हात पारेका छन् । उनले यसअघि एकै खेलमा ४ विकेटसम्म लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो