2026-09-21 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालसँग क्वार्टरफाइनल खेल्ने भारतीय टोलीमा कस्ता छन् खेलाडी ?

असोज १५, काठमाडौँ | चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगलबार क्वार्टरफाइनलमा भारतको सामना गर्दैछ । समूहगत चरणको खेलमा मंगोलिया र माल्दिभ्समाथि सजिलो जित हासिल गर्दै क्वार्टरफाइनलमा पुगेको नेपालका लागि भारत निकै बलियो प्रतिद्वन्द्वी हो । 

टेस्ट मान्यता प्राप्त राष्ट्र भएकाले नै जारी एसियाली खेलकुदमा भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेश सिधै क्वार्टरफाइनल चरणमा पुगेका हुन् । यसका अतिरिक्त अफगानिस्तान पनि सिधै क्वार्टरफाइनल चरणमा पुगेको हो । 

एसियाली खेलकुदका लागि घोषित भारतीय टोलीमा थुप्रै खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय र टी—२० प्रतियोगिता खेलिसकेका छन् । अधिकांश खेलाडी उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुगेका हुन् । 

भारतले रुतुराज गाइकवाडको कप्तानीमा टोलीको घोषणा गरेको छ । उनले भारतीय टोलीबाट अन्तर्राष्ट्रिय एकदिवसीय र टी—२० प्रतियोगिता पनि खेलिसकेका छन् । यसका अतिरिक्त विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

गाइकवाडले भारतका लागि चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल एक सय ६ रन बनाएका छन् । २६ वर्षीय गाइकवाडले भारतका लागि ११ वटा टी—२० अन्तर्राष्ट्रिय खेल खेलेर कुल दुई सय १२ रन बनाएका छन् । 

पछिल्लो आईपीएलमा उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा सातौँ नम्बरमा थिए । चेन्नई सुपर किङ्सका खेलाडी गाइकवाडले पछिल्लो आईपीएलमा १६ खेल खेल्दै कुल पाँच सय ९० रन बनाएका थिए । यसक्रममा उनले चारवटा अर्धसतक पनि प्रहार गरेका थिए । 

यसैगरी एसियाली खेलकुदका लागि घोषित भारतीय टोल अर्सदीप सिंह पनि छन् । उनी तीव्र गतिका बायाँहाते बलर हुन् । २४ वर्षीय अर्सदिपले पनि भारतीय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० प्रतियोगिता खेलिसकेका छन् । 

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३३ खेल खेल्दै ५० विकेट लिएका छन् । उनी सन् २०२३ मा सम्पन्न आईपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् । उनी गत सिजनको आईपीएलमा पञ्जाब किङ्सका लागि सर्वाधिक विकेट लिने बलरमध्ये एक हुन् । 

यसैगरी एसियाली खेलकुदका लागि भारतीय टोलीमा रहेका यशस्वी जैसवालले त टेस्ट क्रिकेटसमेत खेलिसकेका छन् । २१ वर्षीय जैसवालले भारतका लागि दुई टेस्ट खेल्दै ८८.६६ को औसतले कुल दुई सय ६६ रन बनाएका छन् । टेस्ट क्रिकेटको एउटै पालीमा उनले एक सय ७१ रनसमेत बनाएका छन् । 

उनले आफ्नो वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ टेस्टमै उनले शतक बनाएका थिए । यसका अतिरिक्त जैसवालले भारतको पाँचवटा टी—२० अन्तर्राष्ट्रिय खेल खेलेर कुल एक सय ३२ रन बनाएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा उनले अविजित ८४ रन पनि बनाएका छन् । उनी राजस्थान रोयल्सबाट आईपीएल खेल्छन् । आईपीएलमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । 

यसैगरी एसियाली खेलकुदका लागि भारतीय टोलीमा परेका रिंकु सिंह पनि अनुभवी खेलाडी हुन् । यद्यपि, २६औँ वर्ष प्रवेशको तयारीमा रहेका सिंहले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् । उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेका छन् । 

सन् २०२३ को आईपीएलमा उनले कोलकाता नाइट राइडर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आईपीएलमा कोलकाताका लागि १४ खेल खेल्दै कुल चार सय ७४ रन बनाएका थिए । गत सिजनको आईपीएलमा उनले चारवटा अर्धशतक हिर्काएका थिए । 

एसियाली खेलकुदका लागि घोषित भारतीय टोलीमा रुतुराज गाइकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिन्कु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिङ्टन सुन्दर, सहबाज अहमद, रवी बिसनोई, अभेष खान, अर्सदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह र आकाश दीप रहेका छन् । 

 भारतीय टोलीमा परेका तिलक बर्मा पनि एकदिवसीय र टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । २१औँ वर्ष प्रवेशको तयारीमा रहेका बर्मा अलराउन्डर खेलाडी पनि हुन् । यसका अतिरिक्त शिवम दुबेले पनि सन् २०२३ को आईपीएलमा चेन्नई सुपर किङ्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले चेन्नईका लागि १४ पालीमा चार सय १८ रन बनाएका थिए ।

यसैगरी वासिङ्टन सुन्दर पनि भारतीय टोलीका अनुभवी खेलाडी हुन् । २४औँ वर्ष प्रवेशको तयारीमा रहेका वासिङ्टनले भारतका लागि थुप्रै टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो