2026-09-21 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलप्रेमी नेम्वाङका कान्छा छोरा सुहाङ क्लब एनएसएलमा डेब्यू गर्दै

असोज १७, काठमाडौँ | धेरैलाई थाहा छ, एमालेका दिवंगत नेता सुवास नेम्वाङ औधी फुटबलप्रेमी थिए । राजनीतिपछि उनको सबैभन्दा बढी रुचि र चासोको विषय फुटबल नै थियो । नेपाली फुटबलमा कुनै न कुनै तवरबाट योगदान पुर्याउन व्यग्र थिए नेम्वाङ । बुबाको यही भावनालाई बुझेर कान्छा छोरा सुहाङ अहिले नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) मा जोडिन पुगेका छन् ।

गत वर्षमात्रै उनले स्थापना गरेको क्लव ‘स्पोर्टिङ इलाम डी मेची’ ले एनसेलको दोस्रो संस्करणमा डेब्यू गर्दैछ ।

निकटस्थ स्रोतका अनुसार बुबाकै प्रेरणा र हौसलामा सुहाङ फुटबल क्लब स्थापनामा अघि बढेका थिए । उनले गत वर्ष भएको बिडिङमार्फत स्पोर्टिङ इलामको स्वामित्व प्राप्त गरेका हुन् । क्लबमा उनलाई दाइ र केही साथीभाइले साथ दिएका छन् ।

स्पोर्टिङ इलामले गत शनिबार भएको एनसीएलको अक्सनमा भाग लिँदै १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । तोकिएको न्यूनतम सीमा १८ लाख रहेकोमा क्लबले न्यूनतम रकममा टीम निर्माण गरेको हो । यस क्लबले मार्की खेलाडीका रुपमा विकेस कुथुलाई अनुबन्ध गरेको छ । टीममा बिराज महर्जन, भरत खवास, आशिष गुरुङ सौरभ लिम्बु, समित श्रेष्ठ, सन्तोष महत, बिमल पाण्डे लगायत खेलाडीहरुलाई खरिद गरेको छ ।

स्पोर्टिङ इलामले गत वर्ष पनि अक्सनमा भाग लिएको थियो । सुहाङ आफैं अक्सन कार्यक्रममा पुगेका थिए । तर विभिन्न कारणले गत वर्ष एनएसएल प्रतियोगिता हुन सकेन । यस वर्षको अक्सनमा भने सुहाङ अनुपस्थित भए । भर्खरै बुबाको देहान्त भएकाले उनी जान नसकेका हुन् ।

पेशाले कानून व्यवसायी हुन् सुहाङ । फुटबलमा उनको अभिरुचि पहिल्यैबाट थियो । ‘काठमाडौं स्कुल अफ ल’ मा पढ्दा उनी फुटबल टीमका कप्तान थिए । उनले सो कलेजका तर्फबाट थुप्रै फुटबल र फुटसल प्रतियोगिता खेलेका छन् । पछि दुई वर्षजति सोही कलेजमा फुटबल प्रशिक्षकसमेत बनेका थिए ।

निकटस्थका अनुसार आर्थिक मुनाफाभन्दा पनि नेपालको फुटबलमा केही योगदान दिने चेष्टासहित उनले लगानी गरेका हुन् । पिताको देहान्तपछि उनी अझै भावनात्मक रुपमा यसमा जोडिएका छन् । सुहाङ २०६३ सालदेखि नेकपा एमालेको सदस्य छन् । तर, पार्टीमा सक्रिय भूमिका लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो