2026-09-21 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उद्घाटन समारोहबिनै विश्वकप क्रिकेट सुरु, पहिलो म्याचमा ईंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्दै

असोज १८, काठमाडौँ | एक दिवसीय विश्वकप क्रिकेट २०२३ आजबाट भारतमा सुरु भएको छ । उद्घाटन म्याचमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड भिड्दैछन् । न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो ।

न्यूजिल्यान्ड भने प्रमुख तीन खेलाडीको अनुपस्थितिका कारण पहिलो म्याचमा दवावमा छ । उद्घाटन खेल अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भएको हो । यस म्याचमा अन फिल्ड अम्पायरका रुपमा भारतका नितिन मेनन र श्रीलंकाका कुमार धर्मसेना रहेका छन् भने टिभी अम्पायरमा अष्ट्रेलियाका पल विल्सन छन् ।

ईंग्ल्यान्डका तर्फबाट जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरु गरेका छन् । भेट्रान बलर ट्रेन्ट बोल्टले पहिलो ओभर बलिङ गर्न आएका छन् । न्यूजिल्यान्डसँग आज नियमित कप्तान केन विलियम्सन र प्रमुख बलर टिम साउथी छैनन् । उनीहरु चोटका कारण पहिलो म्याच खेल्न असमर्थ रहेका हुन् ।

कुनै औपचारिक उद्घाटन समारोहबिनै विश्वकप सुरु भएको हो । यसअघि बलिउड र टलिउडका स्टारहरु रणवीर सिंह, अरजित सिंह, तमन्नाह भाटिया, वरुण धवन, आशा भोस्ले, शंकर महादेवन लगायतले नरेन्द्र मोदी रंगशालामा बुधबार ४ देखि ७ बजेसम्म प्रस्तुति दिने भनिएको थियो । तर, टाइम्स अफ इन्डियाले विशेष सुत्रलाई उद्वृत गर्दै उद्घाटन समारोहको कुनै तयारी नगरिएको जनाएको छ ।

भारतले आफ्नो फ्रेन्चाइज लिग आइपीएलका लागि भने भव्य उद्घाटन समारोह आयोजना गरेको थियो । विश्वकप जस्तो महाउत्सवमा कुनै समारोह नराखिनुले विश्वभरका क्रिकेटप्रेमी आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो