2026-08-23 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले तोडे सचिन तेन्दुल्कर र डे भिलियर्सको कीर्तिमान

असोज २१, काठमाडौँ | अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । एकदिवसीय विश्वकपको आइतबार खेलिएको भारतविरुद्घको खेलका क्रममा ३६ वर्षीय वार्नरले यस्तो कीर्तिमान बनाएका हुन् । 

ओपनर ब्याट्सम्यान वार्नरले भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर र दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा संयुक्त रुपमा रहेको कीर्तिमान तोडेका हुन् । तेन्दुल्कर र डे भिलियर्सले विश्वकपमा २० पाली खेलेर एक हजार रन बनाएका थिए । 

वार्नरले भने विश्वकपमा १९ पाली खेलेर एक हजार रन पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान वार्नर अहिले पनि क्रिजमा छन् । भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ । 

रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पाली खेल्दै नौ सय ७८ रन बनाएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले २२ रन बनाए भने वार्नरको कीर्तिमान पनि तोडिने छ । त्यसपछि शर्मा विश्वकपमा १८ पाली खेल्दै एक हजार रन बनाउने ब्याट्सम्यान बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो