2026-11-01 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जेन्टिनाले विश्व क्रिकेटमा बनायो दुर्लभ कीर्तिमान

एजेन्सी | विश्व खेलकुदमा अर्जेन्टिनाको प्रसंग आउँदा फुटबलको चित्र सबैभन्दा अगाडि आउँछ । डिएगो म्याराडोना र लियोनल मेसीजस्ता महान फुटबल खेलाडी जन्माउने देश, अर्जेन्टिना ।

तर, पछिल्लो समय अर्जेटिनाको महिला क्रिकेट टोलीले विश्व क्रिकेटमा पनि कमाल गरेको छ। अर्जेन्टिनाको राष्ट्रिय महिला क्रिकेट टोली टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली बनेको छ ।

अर्जेन्टिनाको महिला क्रिकेट टोलीले शनिबार राति सम्पन्न चिलीविरुद्दको टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा केवल चार सय २७ रन बनाएको छ ।

सुन्दा पनि अचम्म लाग्ने यो रन अर्जेन्टिनाको महिला टोलीले २० ओभरमा केवल एक विकेट गुमाएर बनाएको हो । हालसम्म विश्व क्रिकेटमा कुनै पनि राष्ट्रको पुरुष क्रिकेट टोलीले पनि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन बनाउन सकेको छैन । 

त्यो खेलमा अर्जेन्टिनाको महिला टोलीले चिलीको महिला टोलीलाई तीन सय ६४ रनको विशाल अन्तरले हराएको थियो । यो पनि विश्व क्रिकेटमा आफैमा कीर्तिमान हो । हालसम्म टी—२० क्रिकेटमा यति ठूलो अन्तरको हार—जित भएको छैन ।

उक्त खेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको ब्युनस आयर्समा खेलिएको थियो । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा (महिला र पुरुष) सर्वाधिक रनको कीर्तिमान एक विकेट गुमाएर तीन सय १८ रनको थियो । त्यो रन सन् २०२२ को मार्चमा सम्पन्न साउदी अरेबियाविरुद्धको खेलमा बहराइनको महिला टोलीले बनाएको थियो । 

चिलीविरुद्धको खेलमा अर्जेन्टिनाका लागि लुसिया टेलरले ८४ बेलमा एक सय ६९ रन बनाइन् । टी—२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा लुसियाले बनाएको यो सर्वाधिक एकल रन हो । २९ वर्षीया लुसियाले २७ वटा चौका हिर्काएका थिइन् । 

अर्जेन्टिनाविरुद्धको खेलमा चिलीका सातजना खेलाडीले ‘डेब्यू’ गरेका थिए । उनले पहिलो विकेटका लागि अल्बर्टिना गलानसँग तीन सय ५० रनको साझेदारी गरेकी थिइन् । अल्बर्टिना भने एक सय ४५ रनमा अविजित रहिन् । टी—२० अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष र महिला) मा यो साझेदारी पनि कीर्तिमान नै हो । 

अर्जेन्टिनाको महिला टोली हाल आईसीसीद्वारा जारी टी—२० वरीयताको ६६औँ स्थानमा छ । हालै चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदको पुरुष टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले मंगोलियाविरुद्ध तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो । त्यो खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द