2026-09-21 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जेन्टिनाले विश्व क्रिकेटमा बनायो दुर्लभ कीर्तिमान

एजेन्सी | विश्व खेलकुदमा अर्जेन्टिनाको प्रसंग आउँदा फुटबलको चित्र सबैभन्दा अगाडि आउँछ । डिएगो म्याराडोना र लियोनल मेसीजस्ता महान फुटबल खेलाडी जन्माउने देश, अर्जेन्टिना ।

तर, पछिल्लो समय अर्जेटिनाको महिला क्रिकेट टोलीले विश्व क्रिकेटमा पनि कमाल गरेको छ। अर्जेन्टिनाको राष्ट्रिय महिला क्रिकेट टोली टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली बनेको छ ।

अर्जेन्टिनाको महिला क्रिकेट टोलीले शनिबार राति सम्पन्न चिलीविरुद्दको टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा केवल चार सय २७ रन बनाएको छ ।

सुन्दा पनि अचम्म लाग्ने यो रन अर्जेन्टिनाको महिला टोलीले २० ओभरमा केवल एक विकेट गुमाएर बनाएको हो । हालसम्म विश्व क्रिकेटमा कुनै पनि राष्ट्रको पुरुष क्रिकेट टोलीले पनि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन बनाउन सकेको छैन । 

त्यो खेलमा अर्जेन्टिनाको महिला टोलीले चिलीको महिला टोलीलाई तीन सय ६४ रनको विशाल अन्तरले हराएको थियो । यो पनि विश्व क्रिकेटमा आफैमा कीर्तिमान हो । हालसम्म टी—२० क्रिकेटमा यति ठूलो अन्तरको हार—जित भएको छैन ।

उक्त खेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको ब्युनस आयर्समा खेलिएको थियो । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा (महिला र पुरुष) सर्वाधिक रनको कीर्तिमान एक विकेट गुमाएर तीन सय १८ रनको थियो । त्यो रन सन् २०२२ को मार्चमा सम्पन्न साउदी अरेबियाविरुद्धको खेलमा बहराइनको महिला टोलीले बनाएको थियो । 

चिलीविरुद्धको खेलमा अर्जेन्टिनाका लागि लुसिया टेलरले ८४ बेलमा एक सय ६९ रन बनाइन् । टी—२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा लुसियाले बनाएको यो सर्वाधिक एकल रन हो । २९ वर्षीया लुसियाले २७ वटा चौका हिर्काएका थिइन् । 

अर्जेन्टिनाविरुद्धको खेलमा चिलीका सातजना खेलाडीले ‘डेब्यू’ गरेका थिए । उनले पहिलो विकेटका लागि अल्बर्टिना गलानसँग तीन सय ५० रनको साझेदारी गरेकी थिइन् । अल्बर्टिना भने एक सय ४५ रनमा अविजित रहिन् । टी—२० अन्तर्राष्ट्रिय क्रिकेट (पुरुष र महिला) मा यो साझेदारी पनि कीर्तिमान नै हो । 

अर्जेन्टिनाको महिला टोली हाल आईसीसीद्वारा जारी टी—२० वरीयताको ६६औँ स्थानमा छ । हालै चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदको पुरुष टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले मंगोलियाविरुद्ध तीन विकेट गुमाएर तीन सय १४ रन बनाएको थियो । त्यो खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो