२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

२०८०, २९ आश्विन सोमबार १०:२२

असोज २९, काठमाडौँ | सन् २०२८ को लसएन्जलस ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाखको अध्यक्षतामा मुम्बईमा भएको १४१ औँ बोर्ड बैठकले क्रिकेटसहित पाँच नयाँ खेललाई लसएन्जलस ओलम्पिकका लागि औपचारिक अनुमति प्रदान गरेको हो।


यसअघि क्रिकेट सन् १९०० मा पेरिस ओलम्पिकका दौरान सहभागी गराइएको थियो। जतिबेला तत्कालिन ग्रेट ब्रिटेन र फ्रान्सले सहभागिता जनाएका थिए। उनीहरुले दुई दिवसीय ‘टेस्ट म्याच’ ढाँचामा प्रतिस्पर्धा गरेका थिए। दुबै टिमले तत्कालीन समयमा १२ खेलाडीलाई मैदानमा उतारेका थिए। त्यसयता मोर्डन क्रिकेटमा धेरै परिवर्तनहरु भइसकेका छन्।

पेरिस ओलम्पिकमा क्रिकेट सहभागिताको १२८ वर्षपछि क्रिकेट खेल पुनः ओलम्पिकमा फर्किएको हो। टी–२० फर्म्याटमा हुने क्रिकेटसँगै अन्य पाँच खेलले पनि ओलम्पिकमा अनुमति पाएका छन्।

९९ आईओसी सदस्य देश उपस्थित भएको बैठकमा अध्यक्ष बाखले सहभागी सदस्य देशहरुलाई हलभित्रबाट हात उठाएर समर्थनको प्रस्ताव गरेका थिए। जसमा बहुसंख्यक सदस्यले क्रिकेटसहित पाँच खेललाई हात उठाएर अनुमोदन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा आउन लागेका खेलहरुलाई स्वागत गर्दै विश्वभर ओलम्पिकको झन्डा झनै मजबुत भएको बताए।

क्रिकेटसँगै सहभागी गराइएका अन्य पाँच खेलमा बेसबलरसफ्ट फुटबल, ल्याक्रोस, र स्क्वास र फ्ल्याग फुटबल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ