2026-11-01 10:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

कार्तिक १, काठमाडौँ | काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनायो ।

खेलको प्रारम्भमै चार विकेट गुमाएको यूएईले त्यसपछि भने आक्रमक ब्याटिङ गरेको थियो । यूएईका लागि पाँचौँ र छैठौँ नम्बरका ब्याट्सम्यानले ५६ रनको साझेदारी गरे । यूएईका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान अली नासिरले ३२ रनको योगदान गरे ।  छैठौँ नम्बरका क्रिज समाल्न आएका बासिल हमिदले अर्धसत बनाए । उनले आक्रामक पाली खेल्दै केवल ३८ बलको सामना गरी चार छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए । यूएईले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिएका थिए । गुल्सन झाले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा ११ रन खर्चिए । सोमपाल कामी र अविनाष बोहराले एक—एक विकेट लिए ।  सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई पहिलो विकेटका रुपमा शून्य रनमै पेभेलियन फर्काएका थिए । सोमपालले खालिदलाई आफ्ना कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको थियो ।

यूएईको दोस्रो विकेट करण केसीले लिएका थिए । उनले यूएईका तेस्रो नम्बरका ब्याट्सम्यान एलिसन सराफुलाई ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले उनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । यूएईले दोस्रो विकेट ३.१ ओभरमा गुमाएको थियो ।   

यसैगरी यूएईको तेस्रो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका कप्तान मुहम्मद वसिमलाई १७ रनको ब्यक्तिग स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । ६.१ ओभरमा ओपनर ब्याट्सम्यान वसिम आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।

यूएईको चौथो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । आसिफले १२ बलमा दुई चौका हिर्काएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । ८.४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको थियो ।

यसैगरी यूएईको पाँचौँ विकेट करण केसीले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान अली नासिरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा आउट गराएका थिए । उनले नासिरलाई कप्तान रोहितद्वारा क्याच गराएका थिए । नासिरले ३० बलमा एक छक्का र तीन चौका हिर्काए । 

यसैगरी यूएईको छैठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले यूएईका ब्याट्सम्यान मोहम्मद फराजुद्दिनलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । फराजुद्दिनलाई उनले आिसफ शेखद्वारा क्याच गराएका थिए । 

यूएईको सातौँ विकेट भने अविनाष बोहराले लिएका हुन् । उनले यूएईका बासिल हमिदलाई ५१ रनमा आउट गराए । हमिदको क्याच पनि आशिफ शेखले लिए । हमिदले ३८ बलमा चार छक्का र एक चौका हिर्काएका थिए ।

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय