१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज : पाकिस्तानको सामना गर्दै अस्ट्रेलिया

३ कार्तिक २०८०, शुक्रबार ०५:२५

कार्तिक ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

जारी विश्वकपमा अस्ट्रेलिया र पाकिस्तानले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको तीनमध्ये दुई खेलमा पाकिस्तान विजयी भएको छ । एक खेलमा भने पाकिस्तान पराजित भएको छ । निराशाजनक प्रदर्शन गरेको अस्ट्रेलियाले भने दुई खेलमा हार भागेको छ । एक खेलमा अस्ट्रेलिया विजयी भएको छ । 


अङ्क तालिकामा चार अङ्कसहित पाकिस्तान चौथो र दुई अङ्कसहित अस्ट्रेलिया छैटौँ स्थानमा आसिन छ । अस्ट्रेलियालाई आयोजक भारत र दक्षिण अफ्रिकाले हराएका थिए । अस्ट्रेलियाले भने श्रीलङ्कालाई पाँच विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलङ्कालाई हराएको थियो भने चिर प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भएको थियो । अस्ट्रेलिया र पाकिस्तान दुवै विश्वकपमा पूर्वविजेता हुन् । अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो भने पाकिस्तानले एक पटक उपाधि जितेको छ । 

जारी विश्वकपमा अस्ट्रेलियाको तुलनामा पाकिस्तानी टोली सन्तुलित देखिएको छ । अस्ट्रेलियाले ब्याटिङ र बलिङ दुबैमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । 

यसअघि खेलिएका एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कले भने पाकिस्तानको तुलनामा अस्ट्रेलियालाई बलियो देखाउँछ ।

हालसम्म यी दुई राष्ट्रबिच एक सय सात वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ६९ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको छ । ३४ खेलमा भने पाकिस्तानी टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ । 

यी दुई राष्ट्रबीचको तीन खेल अनिर्णीत रूपमा सकिएको छ भने एक खेल बराबरीमा सकिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको ३७ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले भने घरेलु मैदानमा खेलिएको ६ खेलमा अस्ट्रेलियालाई हराएको छ ।

यसैगरी पाकिस्तानको मैदानमा अस्ट्रेलियाली टोलीले सात खेल जितेको छ भने अस्ट्रेलियाको मैदानमा पाकिस्तानी टोलीले १७ वटा खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा अस्ट्रेलियाले २५ र पाकिस्तानले ११ खेल जितेका छन् ।

पछिल्लो पटक सन् २०२२ को अप्रिल २ तारिखमा यी दुई टोलीबिच एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा पाकिस्तान नौ विकेटले विजयी भएको थियो । सोही क्रममा खेलिएको तीन खेलको शृङ्खला पनि पाकिस्तानले २—१ ले जितेको थियो । 


एकदिवसीय विश्वकपमा भने हालसम्म यी दुई राष्ट्रबिच १० वटा खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको छ । विश्वकपमा खेलिएका चार खेलमा भने पाकिस्तानले अस्ट्रेलियालाई पराजित गरेको छ । 


कार्तिक ३, काठमाडौँ | विश्वकपमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले बनाएको उच्च योगफल तीन सय १० रन हो । पाकिस्तानले अस्ट्रेलियाविरुद्ध बनाएको उच्च योगफल भने दुई सय ८६ रन हो । यसका अतिरिक्त विश्वकपमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले बनाएको कम योगफल भने एक सय ३३ रन हो । अस्ट्रेलियाविरुद्ध पाकिस्तानले बनाएको सबैभन्दा कम स्कोर भने एक सय ३२ रन हो । 

विश्वकपमा यी दुई राष्ट्रबिच पहिलो संस्करणमै भिडन्त भएको थियो । सन् १९७५ को पहिलो संस्करणमा अस्ट्रेलियाले पाकिस्तानलाई ७३ रनले हराएको थियो । त्यस लगत्तै सन् १९७९ मा भएको दोस्रो संस्करणमा भने पाकिस्तानले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो । 

पछिल्लो पटक सन् २०१९ को विश्वकपमा यी दुई राष्ट्रबिच खेल भएको थियो । त्यो खेलमा अस्ट्रेलिया ४१ रनले विजयी भएको थियो । 

अस्ट्रेलिया र पाकिस्तानबिच खेल हुने बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडिमय ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ । यो रंगशालामा सबैभन्दा बढी रन बनाउने टोली भारत हो ।

भारतले सन् २०१२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा ६ विकेट गुमाएर तीन सय ८३ रन बनाएको थियो । यो स्टेडियममा सन् २०११ मा खेलिएको एकदिवसीय खेलमा इङ्गल्यान्डले दिएको तीन सय २९ रनको लक्ष्य पुरा गर्दै आयरल्यान्डले जित हासिल गरेको थियो । 

यो स्टेडियमको बाउन्ड्री पनि तुलनात्मक रूपमा सानो छ । अस्ट्रेलिया र पाकिस्तानबिचको खेलका क्रममा बेंगलौरको मौसम पनि सफा रहने समाचारमा जनाइएको छ । मौसम विज्ञान विभागका अनुसार, शुक्रबार बेंगलौरमा वर्षाको सम्भावना देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै