2026-09-20 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज : पाकिस्तानको सामना गर्दै अस्ट्रेलिया

कार्तिक ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

जारी विश्वकपमा अस्ट्रेलिया र पाकिस्तानले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको तीनमध्ये दुई खेलमा पाकिस्तान विजयी भएको छ । एक खेलमा भने पाकिस्तान पराजित भएको छ । निराशाजनक प्रदर्शन गरेको अस्ट्रेलियाले भने दुई खेलमा हार भागेको छ । एक खेलमा अस्ट्रेलिया विजयी भएको छ । 

अङ्क तालिकामा चार अङ्कसहित पाकिस्तान चौथो र दुई अङ्कसहित अस्ट्रेलिया छैटौँ स्थानमा आसिन छ । अस्ट्रेलियालाई आयोजक भारत र दक्षिण अफ्रिकाले हराएका थिए । अस्ट्रेलियाले भने श्रीलङ्कालाई पाँच विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलङ्कालाई हराएको थियो भने चिर प्रतिद्वन्द्वी भारतसँग सात विकेटले पराजित भएको थियो । अस्ट्रेलिया र पाकिस्तान दुवै विश्वकपमा पूर्वविजेता हुन् । अस्ट्रेलिया सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो भने पाकिस्तानले एक पटक उपाधि जितेको छ । 

जारी विश्वकपमा अस्ट्रेलियाको तुलनामा पाकिस्तानी टोली सन्तुलित देखिएको छ । अस्ट्रेलियाले ब्याटिङ र बलिङ दुबैमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । 

यसअघि खेलिएका एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कले भने पाकिस्तानको तुलनामा अस्ट्रेलियालाई बलियो देखाउँछ ।

हालसम्म यी दुई राष्ट्रबिच एक सय सात वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये ६९ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको छ । ३४ खेलमा भने पाकिस्तानी टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ । 

यी दुई राष्ट्रबीचको तीन खेल अनिर्णीत रूपमा सकिएको छ भने एक खेल बराबरीमा सकिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको ३७ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानले भने घरेलु मैदानमा खेलिएको ६ खेलमा अस्ट्रेलियालाई हराएको छ ।

यसैगरी पाकिस्तानको मैदानमा अस्ट्रेलियाली टोलीले सात खेल जितेको छ भने अस्ट्रेलियाको मैदानमा पाकिस्तानी टोलीले १७ वटा खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा अस्ट्रेलियाले २५ र पाकिस्तानले ११ खेल जितेका छन् ।

पछिल्लो पटक सन् २०२२ को अप्रिल २ तारिखमा यी दुई टोलीबिच एकदिवसीय खेल खेलिएको थियो । त्यो खेलमा पाकिस्तान नौ विकेटले विजयी भएको थियो । सोही क्रममा खेलिएको तीन खेलको शृङ्खला पनि पाकिस्तानले २—१ ले जितेको थियो । 

एकदिवसीय विश्वकपमा भने हालसम्म यी दुई राष्ट्रबिच १० वटा खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको छ । विश्वकपमा खेलिएका चार खेलमा भने पाकिस्तानले अस्ट्रेलियालाई पराजित गरेको छ । 

कार्तिक ३, काठमाडौँ | विश्वकपमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले बनाएको उच्च योगफल तीन सय १० रन हो । पाकिस्तानले अस्ट्रेलियाविरुद्ध बनाएको उच्च योगफल भने दुई सय ८६ रन हो । यसका अतिरिक्त विश्वकपमा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले बनाएको कम योगफल भने एक सय ३३ रन हो । अस्ट्रेलियाविरुद्ध पाकिस्तानले बनाएको सबैभन्दा कम स्कोर भने एक सय ३२ रन हो । 

विश्वकपमा यी दुई राष्ट्रबिच पहिलो संस्करणमै भिडन्त भएको थियो । सन् १९७५ को पहिलो संस्करणमा अस्ट्रेलियाले पाकिस्तानलाई ७३ रनले हराएको थियो । त्यस लगत्तै सन् १९७९ मा भएको दोस्रो संस्करणमा भने पाकिस्तानले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो । 

पछिल्लो पटक सन् २०१९ को विश्वकपमा यी दुई राष्ट्रबिच खेल भएको थियो । त्यो खेलमा अस्ट्रेलिया ४१ रनले विजयी भएको थियो । 

अस्ट्रेलिया र पाकिस्तानबिच खेल हुने बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडिमय ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ । यो रंगशालामा सबैभन्दा बढी रन बनाउने टोली भारत हो ।

भारतले सन् २०१२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा ६ विकेट गुमाएर तीन सय ८३ रन बनाएको थियो । यो स्टेडियममा सन् २०११ मा खेलिएको एकदिवसीय खेलमा इङ्गल्यान्डले दिएको तीन सय २९ रनको लक्ष्य पुरा गर्दै आयरल्यान्डले जित हासिल गरेको थियो । 

यो स्टेडियमको बाउन्ड्री पनि तुलनात्मक रूपमा सानो छ । अस्ट्रेलिया र पाकिस्तानबिचको खेलका क्रममा बेंगलौरको मौसम पनि सफा रहने समाचारमा जनाइएको छ । मौसम विज्ञान विभागका अनुसार, शुक्रबार बेंगलौरमा वर्षाको सम्भावना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो